काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप खेल्ने टोली अहिले नै तय भइनसकेको स्पष्ट पारेका छन्। आयरल्याण्ड ...
विश्वकप क्रिकेटमा अफगानिस्तान जितविहीन बन्दै घर फर्किएको छ।
विश्वकप अन्तर्गत बिहिबार भएको लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित हुँदै अफगानिस्तान अंकविहीन बन्दै घर फर्किएको हो । लिड्समा वेष्ट इण्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २८८ रन मात्र बनाउन सक्यो ।
अफगानिस्तानका इक्राम अलिखिल र रहमत साहले अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । विश्वकपमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने तेस्रो खेलाडी बनेका अलिखिलले ८६ रन बनाए । रहमतले ६२ रन बनाए । वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले ४ तथा केमार रोकले ३ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो। वेष्ट इण्डिजका साही होप, इभिन लुइस र निकोलस पुरनले अर्धशतकीय इनिङ्स खेले । होपले सर्वाधिक ७७ रनको इनिङ्स खेले। ९२ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे।
अफगानिस्तानका डलट जद्रानले २ तथा मोहमद नाबी, सायद सृजाद र राशिद खानले समान १/१ विकेट हात पारे । यो हारसँगै अफगानिस्तानले विश्वकपको सबै खेलमा हार व्यहोरेको छ। लिगको पुछारमा रहदै विश्वकप यात्रा अन्त्य गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।