काठमाडौं : प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुलको उपाधिको होडमा गम्भीर धक्का लगाएको छ। गएराति भएको आफ्नो ३४औं खेलमा लिभ...
काठमाडौं : एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटमा नेपाल र सिंगापुरबीचको खेल जारी छ।
मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा नेपाल टस जितेर ब्याटिङ गरिरहेको छ। अहिले ओपनरद्वय रित गौतम र पवन सर्राफले ब्याटिङ गरिरहेका छन्। यस अघि आफ्नो पलिहो खेलमा नेपालले चीनलाई १० विकेटको शानदार जीत दर्ता गरेको थियो।
समूह 'ए' मा रहेको नेपाल सिंगापुर र चीन रहेका छन्। नेपालको समूहमा रहेको म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएपछि समूह 'ए' मा ३ टिम मात्र छन्।
यस्तै अर्को समूहमा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड छन्। दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।