पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
जुम्ला : भेडाबाट उत्पादन हुने ऊन खेर गएपछि जुम्लाका महिला राडीपाखी बुन्ने सीप सिक्न थालेका छन्। सिञ्जा गाउँपालिका वडा नं. ६मा रहेको भाडगाउँका महिला राडीपाखी बुन्ने सिप सिक्न व्यस्त भएका हुन्।
नेपाल सरकार घरेलु तथा साना उद्योग विकास समिति मुख्य कार्यालय जुम्लाको सहयोगमा ग्रामीण परिवेश नेपाल संस्थाले सञ्चालन गरिरहेको गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमअन्तर्गत महिलाहरूलाई सिप दिन थालिएको हो।
सिपका लागि १८ जनाको डाँफेलेक लघुउद्यम समूह बनाइएको छ। दुई महिनाको तालिम पूरा भएपछि राडीपाखी उत्पादनमा लाग्ने र यसलाई उद्योगकै स्वरूप दिइने समूहका अध्यक्ष जयबहादुर रावतले बताए। उनका अनुसार समूहमा अधिकांश महिला छन्। परम्परागत सिप लिन उनीहरू उत्साहित छन्। तालिममा सहभागी वागसी रोकायाले खेर गइरेको ऊनलाई सदुपयोग गरेर आम्दानी गर्न सिप सिक्न लागेको बताइन्।
भाडमा गाउँमा हरेकजासो घरमा कम्तीमा ५० भेडा रहेका छन्। घरमा भेडापालन रहेको छ। एकातिर त्यहाँबाट उत्पादन हुने ऊन व्यवस्थापन हुने र अर्कोतिर आयआर्जनमा फाइदा हुने भएकाले राडिपाखी बुनाई तालिम आयोजना गरिएको घरेलु तथा साना उद्योग विकास मुख्य कार्यालय जुम्लाका प्रमुख हरिभगत श्रेष्ठले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।