समाज

प्रधानमन्त्री ओलीले भने : मेरो रिसले भए पनि मास्क लगाइदिनू

असार २०, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आफू प्रधानमन्त्री बनेको समयमा भन्दा अहिले काठमाडौँमा धुलो धेरै कम भएको फेरि दोहोर्‍याएका छन्।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले काठमाडौँंको विकास जारी रहेकाले केही धुलो उड्नु स्वभाविक भएको उल्लेख गरे। 

    ‘काठमाडौँमा अहलिे पनि सडक विस्तार र पूर्वाधार निर्माण जारी छ। हामीले काठमाडौँको ट्राफिकलाई व्यवस्थित गर्ने काम जारी राखेका छौँ । बाटो फराकिलो पार्नुपर्छ’, उनले भने, ‘बाटो बनाउँदा धुलो उड्छ। अनि धुलो उड्यो भन्दै कराउँछन्।’

    काठमाडौंलाई सकेसम्म छिटो पक्की गर्ने अभियानमा सरकार रहेको बताउँदै ओलीले सिंगै काठमाडौँलाई धुलो नउड्ने गरी कालोपत्रे गर्ने योजना सुनाए। तर एकैछिनमा हुँदैन, समय लाग्छ।’ 

    प्रधानमन्त्रीले अहिले मास्क लगाएर हिँड्नुपर्ने अवस्था नरहेको बताए । ‘अहिले मास्क लगाएर हिँड्न मन लागे हिँडे हुन्छ। तर काठमाडौँको अवस्थालाई अझै सुधार गर्दैछौँ’, उनले भने, ‘पहिले जस्तो अहिले धुलो छैन। तर मास्क लगाउनुपर्छ भनेर सरकारको विरोध गर्न थालेका छन्।’ 

    उनले मास्क लगाउनेलाई सुझाव दिँदै धुलो उडेमा जोगाउने बताए । ‘मास्क लगाउनु राम्रो कुरा हो’, ओलीले भने, ‘मेरो रिसले भए पनि कृपया मास्क लगाइदिनुस्।’
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]