मनोरञ्जन

प्रधानमन्त्रीले भने : आइफा अवार्ड नेपालमै हुन्छ, रोक्ने कारण छैन

असार २०, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २०औँ संस्करणको इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड (आइफा) नेपालमै हुने बताएका छन्। 

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले आइफा अवार्ड नेपालमा गर्न वार्ता चलिरहेकाले कसैले अनधिकृत निर्देशन दिँदैमा नरोकिने स्पष्ट पारे।

    ‘मन्त्रिपरिषद्ले न्यून लागतमा धेरै प्रतिफल पाउने गरी आइपफा अवार्ड गर्ने निर्णय गरेको छ। त्यसका लागि सरकारले बजेट छुट्याउने निर्णय गरेको छैन’, ओलीले भने, ‘आइफा अवार्ड गर्न इजाजत समेत नदिइसकेको अवस्थामा बार्गेनिङ चलिरहेका बेला कसै कसैले अनधकिृततरुपमा रोक्ने आदेश दिए।’

    उनले संसदको अन्तर्राष्ट्रि सम्बन्ध समितिप्रति इंगित गर्दै अनधिकृत निर्देशन दिएको बताएका हुन्। ‘सरकारले अहिले पनि वार्ता गरिहको छ। राम्रो र अनुकुल अवस्था हेरेर आइफा अवार्ड नेपालमा आयोजना हुन्छ । नेपाललाई फाइदा हुने गरी हामी आयोजना गर्छौँ।’

    सन् २०२० मा २० लाख पर्यटक ल्याउने योजना बनाइएको बताउँदै ओलीले एकै वर्ष १२ लाखबाट ८ लाख बढाउने अभियानमा सरकार जुटेको सुनाए । ‘२० लाख पर्यटक ल्याउन काम भइरहेको छ । भैरहवा एयरपोर्ट, पोखरा एयरपोर्ट बन्दैछ’, उनले भने, ‘त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा विकास गर्दैछौँ। पर्यटक ल्याउने कुरामा हामी प्रतिवद्ध छौँ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]