समाज

मुगुमा चट्यांग लागेर ८५ भेडा-बाख्रा मरे

फाइल फोटो
असार २०, २०७६

    मुगु : जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका-९ चिमाथ गाउँको माथि पाटन लेखमा चट्याङ लागेर ८५ वटा भेडा र बाख्रा मरेका छन्।

    बिहीबार अपरान्ह ४ बजे पाटनमा भेडा ,बाख्रा चराउँदै गरेको अवस्थामा एक्कासी हावा हुरीसँगै पानी परेको र त्यसलगतै चट्याङ परेर ८५ वटा भेडा र बाख्रा मरेका हुन्।

    चट्याङ लागेर  कृष्णबहादुर बुढाका १५ , हरिलाल बढुवालका १२  जय सावतका १०, बिर्खबहादुर बढुवालका ४, कालीबहादुर नेपालीका ४, लगायत १० जना स्थानीय किसानका ८५ वटा भेडा र बाख्राका मरेका सोही गाउँका स्थानीय अक्कलबहादुर बुढाले जानकारी दिए।

    चिमाथ गाउँबाट ५ घण्टाको पैदल यात्रापछि पुगिने बिसे दह पाटनमा स्थानीयले एक महिना अगाडि भेडा र बाख्रा सारेका थिए। उक्त घटनामा करिब १० लाख मूल्य बराबर क्षति भएको अनुमान गरिएको आनन्द आधरभूत विद्यालय चिमाथका प्रधानध्यापक बिर्खबहादुर बढुवालले बताए। 

    घटनास्थलतर्फ प्रहरी चौकी पुलुबाट खटिएको प्रहरीको टोली पुगि सकेर क्षति विवरण संकलन सुरु गरेको जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]