समाज

मुख्यमन्त्री कार्यालयअगाडि अस्थायी शिक्षकको धर्ना

असार २०, २०७६

    जनकपुरधाम : सरकारले जबरजस्ती पदमुक्त गरेको भन्दै पूर्वअस्थायी शिक्षक जनकपुरस्थित प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअगाडि धर्ना बसेका छन्।

    सिरहा, सप्तरी, धनुषा, महोत्तरीसहित प्रदेश २ का आठ जिल्लाका सयौँ शिक्षक मन्त्रिपरिषद्को मुख्य गेटमा धर्ना बसेका हुन्। विभिन्न बहाना बनाएर जागिर खोसेकोले आफूहरू आन्दोलनमा उत्रेको अस्थायी शिक्षक संघर्ष समितिका सहसंयोजक विनोद यादवले जानकारी दिए। उनले परीक्षामा सहभागी नगराई अस्थायी रूपमै ६० वर्षसम्म जागिरमा राख्नुपर्ने एक सूत्रीय माग रहेको बताए।

    बिहीबार जनकपुरधाममा प्रदर्शन गरेका अस्थायी शिक्षकहरू शुक्रबारदेखि तीन दिनका लागि धर्ना बसेका हुन्। सहसंयोजक यादवले तीन दिन धर्ना बसेपश्चात् थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए।

    सरकारले नयाँ शिक्षक ऐनबमोजिम अस्थायी शिक्षकलाई स्थायी गर्न एक पटकका लागि परीक्षा लिएका थिए। तर अधिकांश अस्थायी शिक्षक अनुतीर्ण भएका छन्। त्यसपछि गत फाल्गुन २४ बाट निमावि र चैतदेखि प्रावि तथा निमावि शिक्षकलाई पदमुक्त गरिएको छ।

    पदमुक्त हुनुभन्दा अगाडिदेखि नै अस्थायी शिक्षक आन्दोलन गर्दै आएका छन्। यसअघि काठमाडौंमा समेत देशभरका अस्थायी शिक्षकले सरकारविरुद्ध प्रदर्शन गरे। तर, सरकार नटेरेपछि केही दिन चुपचाप बसेका अस्थायी शिक्षक अब प्रदेशस्तरमा आन्दोलन सुरु गरेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]