समाज

बिपी प्रतिष्ठानको विद्यार्थी भर्ना तत्काललाई रोक्न सर्वोच्चको आदेश

असार २०, २०७६

    काठमाडौं : धरानस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले तत्कालका लागि भर्ना रोक्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चले शुक्रबार विशेषज्ञ चिकित्सक अध्ययनको भर्नासम्बन्धी कुनै पनि काम नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो।

    प्रतिष्ठानले विशेषज्ञ चिकित्सक अध्ययन 'पिजी'को लागि यस वर्ष निकालेको शैक्षिक सूचना कानुनविपरीत भएको भन्दै गत मंगलबार अधिवक्ता जयलाल भण्डारी र डा. पुष्पमणि खरालले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टंक बहादुर मोक्तानको एकल इजलासले सो आदेश दिएको हो।

    केही हप्ताअगाडि प्रतिष्ठानले आगामी शैक्षिक सत्र २०७५/७६ को एमडी, एमएस, एमडिएसलगायतका चिकित्सा शिक्षा अध्ययनको पिजी तहमा नेपालीभन्दा विदेशी विद्यार्थीलाई बढी सिट छुट्याएको सूचना प्रकाशित भएको थियो। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को परिच्छेद ६ को १७(५) ले स्नातक तथा स्नात्तकोत्तर तहका लागि तोकिएको कुल सिट संख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाईभन्दा बढी हुनेछैन भन्ने कुरालाई स्पष्ट गरी सक्दा पनि प्रतिष्ठानले धेरै सिट विदेशीलाई छुट्याएको भन्दै आफूले रिट दायर गरेको डा खरालले बताए।

    उनले नेपाली विद्यार्थीले आफूले नै रोजेको विषय पढ्न पाउने अधिकारबाट बञ्चित गरिएको भन्दै ऐनबमोजिम सबै विषयमा नेपाली विद्यार्थीलाई छुट्याइएको कोटामा भर्ना गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। गत ७ असारमा प्रतिष्ठानले पिजी भर्नाका लागि सूचनामा जारी गरेको थियो।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]