धनकुटा : के तपाईं धनकुटा आउनुभएको छ? यदि आउनुभएको छ भने यहीँ उत्पादन भएको नरिवल बिस्कुट पक्कै खानुभयो होला वा आउँदै हुनुहुन्छ भने&n...
काठमाडौं : लुम्बिनी बैंकका ग्राहकलाई खल्ती एप्सको सुविधा प्राप्त हुने भएको छ। डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि ‘लुम्बिनी विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
यस सम्झौताअनुसार अब लुम्बिनी विकास बैंकका ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरी तथा बैंकका ६५ वटै शाखामा उपलब्ध डिपोजिट भौचर मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ।
खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्न सकिन्छ। हालसम्म खल्ती प्रयोगकर्ताको संख्या ८ लाख पुगेको दाबी गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।