काठमाडौँ : सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ। मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको ...
गुल्मी : आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाले गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा शिबिरबाट कर संकलन गर्न सुरु गरेको छ।
शुक्रबार र शनिबार २ दिनसम्म तम्घासमा विभिन्न व्यवसायीको राजस्व तथा आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाको कार्यालयबाट हुने सेवाको लागि शिविर राखिएको कर अधिकृत सागर पोखरेलले बताए। शिविरमा कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिवर्तन,अन्तशुल्क संकलन जस्ता काम गरिएको कर अधिकृत पोखरेलले बताए।
शुक्रबार पहिलो दिन झण्डै पाँच सय व्यवसायीले विभिन्न सेवा लिएका छन्। गुल्मी जिल्लाका व्यवसायीलाई यसरी जिल्लामा आई कर संकलन गरिदिएकोमा समय र पैसाको बचत भएको गुल्मी उधोग वाणिज्य संघ गुल्मीका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद पाण्डेले बताए। शिविर शनिबारसम्म चल्ने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।