राजनीति

प्रचण्डले भने - कांग्रेस खुसी र एमाले दुखी हुन आवश्यक छैन, सरकार फेरिन्छ

'ओली र देउवा माने मै प्रधानमन्त्री'

फाइल फोटो
असार २०, २०७३

    काभ्रे  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार तत्कालै बदल्नुको विकल्प नभएको बताएका छन्। सोमबार काभ्रेमा आयोजित एक कार्यक्रममा उनले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन, भूकम्पपछिको पुनर्निर्माण र संविधान कार्यान्वयनका लागि सरकार बदल्नुपर्ने बताएका हुन्।

    प्रचण्डले सरकार परिवर्तनको विषयलाई लिएर कांग्रेस खुसी हुने र एमाले दुखी हुन नपर्ने बताए। 'कांग्रेसका साथीहरुले माओवादीसँग मिलेर नयाँ सरकार बनाएर एमालेलाई देखाउँला भनेर सोच्नुभएको छ भने त्यो नसोच्नुहोला र एमालेका साथीहरुले पनि प्रचण्ड प्रधानमन्त्री बन्ने खेल हो भन्दा पनि आन्तरिक राष्ट्रिय एकता र संविधान कार्यावन्यन गराउन प्रचण्डले यो भूमिका खेलेको भनेर बुझ्नुहोला', उनले भने।  

    आफू प्रधानमन्त्री बन्न नभई मुलुकको आवश्यकताका कारण सरकार परिवर्तन गर्न खोजेको प्रचण्डले बताए। उनले कांग्रेस र एमालेले चाहेमा आफू सरकारको नेतृत्व गर्न तयार रहेको पनि बताए। 'शान्ति प्रक्रियासम्म आउँदा एउटा नेनृत्वको हैसियतले आन्तरिक राष्ट्रिय एकतालाई बलियो बनाउन लागिपरेको आधारमा मलाई विश्वास गरेर कांग्रेस एमालेका साथीहरुले प्रधानमन्त्री बन्न सहयोग गर्नुहुन्छ भने म तयार छु', प्रचण्डले भने, 'होइन भने ओलीको नेतृत्वमा सहमति भए झनै राम्रो, नभए देउवाको नेतृत्वमा भए पनि नयाँ सरकार बन्छ।'

    प्रचण्डले राष्ट्रिय सहमति नभए मुद्दाको आधारमा सहमति गरेर भएपनि नयाँ सरकार बनाउनुको विकल्प नभएको बताए। अहिले भूकम्पपछिको पुनर्निर्माणको काम एक प्रतिशत पनि नभएको भन्दै उनले पुनर्निर्माणमा कांग्रेसले पनि सहयोग नगरेको आरोप लगाए। अघिल्लो सरकारका पालामा आफू प्रमुख प्रतिपक्षी दलको नेता रहेपनि सरकारलाई सहयोग गरेको उनले दावी गरे।

    'संसदमा संकल्प प्रस्ताव पारित हुँदै गर्दा मैले भनेको थिएः यहाँ सत्तापक्ष र प्रतिपक्ष भन्ने छैन। मुलुक ठूलो समस्यामा छ, पीडामा छ त्यसमा हामी एकजुट भएर नजाने हो भने नेपाली जनताले धिक्कार्ने छन्' उनले स्मरण गरे, 'मैले प्रधानमन्त्रीलाई भनेको थिएँः तपाईँ दह्रो ढंगले अघि सर्नुस् म पछि पछि छु भनेको थिएँ।' तर कांग्रेसले अहिले पुनर्निर्माणमा सहयोग नगरेको बताए।

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]