काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा बिहान ८ बजे शुरु भएको हो। पहिलो दिन बिहीबार अनिवा...
नवलपरासी : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पश्चिम नवलपरासीको रामग्राम स्तुपाको अवलोकन गरेका छन्। मन्त्री भट्टराई लुम्बिनी सर्किट अन्तर्गतका गौतमबुद्धसँग जोडिएको ऐतिहासिक र पुरातात्त्विक स्थलहरूको अवलोकन गरेका हुन्।
गौतम बुद्धको अस्तुधातु सुरक्षित रहेको विश्वकै एकमात्र स्थान रामग्रामको अवलोकनपछि मन्त्री भट्टराईले रामग्रामको विकासका लागि सरकाले प्राथमिकताका साथ अगाडि बढाउने बताएका थिए। भट्टराईले पहिले रामग्राम स्तुपको विस्तृत अध्ययन गरेर मात्र यसको समग्र विकासका लागि योजना बनाउनु राम्रो हुने धारणा व्यक्त गरेका थिए।
ऐतिहासिक विषयको क्षेत्रमा काम गर्दा अन्य विकास निर्माणका काम गर्न जस्तो सहज नहुने भन्दै भट्टराईले विज्ञबाट ऐतिहासिकता र पुरातात्त्विक क्षेत्रमा असर नपर्ने गरी काम गर्नुपर्ने भएकोले सोहीअनुरूप अगाडि बढ्ने बताएका थिए।
मन्त्री भट्टराईले रामग्रामको ऐतिहासिक र पुरातात्त्विक महत्वको बारेमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश त्रिपाठीबाट जानकारी लिएका थिए। कोषका उपाध्यक्ष त्रिपाठीले रामग्रामको विकासका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेकोले रामग्रामको ऐतिहासिकता र पुरातात्विक अवस्थामा परिवर्तन नहुने गरी रामग्राम स्तुपलाई मध्य भागमा राखेर ५ सय मिटरभन्दा बाहिरि भागमा विभिन्न भौतिक संरचना निर्माण गरी सुन्दरता बढाउने गरी कोषले काम गर्ने बताएका थिए। रामग्राम स्तुपको दुई/तीन पटक उत्खनन भइसकेको र जियो फिजिक्स सर्बे गरेर हेदा जमिनमुनी विभिन्न पुरातात्विक वस्तु सुन्दर तलाउ र विहारसमेत रहेको त्रिपाठीले बताएका छन्।
विश्व सम्पदा सूचीमा सूचिकृत हुने प्रकृयामा रहेको रामग्रामलाई पुरानो संरचना नबिग्रने गरी अन्य संरचना निर्माणका लागि स्थानीयबाट जग्गा अधिकरण गर्नुपर्ने अवस्था रहेकोले जग्गा अधिकरणदेखि संरचना निर्माणका लागि ७ अर्ब १३ करोड बजेट आवश्यक पर्ने कोषका उपाध्यक्ष त्रिपाठीको भनाइ छ।
प्रदेश ५ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले पनि बुद्धसँग जोडिएको क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको मन्त्री भट्टराईलाई जानकारी गराएका थिए। चौधरीले एक वर्षदेखि जग्गा अधिकरणको काम भइरहेकोले जग्गा अधिकरणकै लागि १ अर्ब १५ करोड बराबरको बजेट आवश्यक रहेको भन्दै आवश्यक बजेट व्यवस्थापन गरिदिनका लागि आग्रहसमेत गरेका छन् ।
प्रदेश ५ सरकारका सांसद बैजनाथ जैसवालले पर्यटन मन्त्री भट्टराईलाई रामग्राम र बुद्धको मावली पण्डितपुरको विकासका लागि सरकारले बेवास्ता गरेको भन्दै त्यस तर्फ ध्यान दिनका लागि आग्रह गरेका थिए। बुद्धले बुद्धत्व प्राप्तीका लागि दरवार परित्याग गरी अनुमा नदी किनारमा कपाल मुण्डन गरी गेरु बस्त्र धारण गरेको स्थान अनुमा घाट अहिलेसम्म चर्चामा आउन नसकेको भन्दै त्यसलाई पनि बुद्ध सर्किटमा समेट्नुपर्ने जैसवालको धारणा रहेको थियो।
रामग्राम स्तुप लुम्बिनी विकास कोषको संरक्षणमा रहेको भन्दै स्थानीय तहले चाहेर पनि केहि गर्न सक्ने अवस्थामा नरहेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको भनाई रहेको थियो। मेयर गुप्ताले रामग्रामको विकासका लागि ठूलो बजेटको आवश्यकता पर्ने हुनाले मन्त्री ठूलो आशा लिएको बताए।
रामग्राम विकास कोषको माग गर्दै ज्ञापन पत्र
रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले मन्त्री भट्टराईलाई ज्ञापन पत्र बुझाएको छ। बुद्ध सर्किटअन्तर्गतका क्षेत्रको अवलोकन गर्ने क्रममा रामग्राम स्तुप आएका मन्त्री भट्टराईलाई स्वायत्त निकाय रामग्राम विकास कोष/रामग्राम विकास समिति स्थापनाको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो।
रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष सम्भुप्रसाद उपाध्याय सहितको टोलीले मन्त्री भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो। लुम्बिनी विकास कोषले रामग्राम स्तुप, पण्डितपुर र अनुमाघाटको संरक्षणका लागि चासो नदेखाएको भन्दै छुट्टै रामग्राम विकास कोष गाठनको माग गरिएको अध्यक्ष उपाध्यायको भनाई छ।
रामग्राम स्तुप सन १८९८ मा डा. डब्लु ह्वेले पत्ता लगाएको र लुम्बिनी रामग्राम स्तुपभन्दा २ वर्ष पहिला १८९६ मा पत्ता लागेकोमा अहिले लुम्बिनीको विकासको गति निकै अगाडि पुगेको र रामग्राम अहिले पनि ओझेलमा परेकोले लुम्बिनी विकास कोषमार्फत रामग्राम स्तुपको विकास हुन नसक्ने ज्ञापनपत्रमा उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।