पछिल्लो १० वर्षमा ३६ हजार आप्रवासीले डुबेर ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ। भएको बताएको छ। १० वर्षमा डुबेर मृत्यु हुने आप्रवासीक...
डा. पवन चामलिङ नेतृत्वको सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडिएफ) का १० जना विधायक प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्। नयाँ दिल्लीमा भएको एक कार्यक्रममा १० जना विधायकहरू भाजपामा प्रवेश गरेका हुन्।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियका अनुसार उनीहरूको पार्टी कार्यक्रम भाजपाको मुख्यालयमै गरिएको थियो। उनीहरूलाई कार्यकारी अध्यक्ष जेपी नड्डा र महासचिव राममाधवले स्वागत गरेका थिए। उगेन टी ग्याछो, डीटी लेप्चा, एनके सुब्बा, फरवन्ती तामाङ, राजकुमारी थापा, डीआर थापा, केबी राई, केएस लेप्चा, टीटी भोटिया, पिञ्जो नाग्याल लेप्चाले एसडीएफ छाडेर भाजपा प्रवेश गरेका हुन्।
३२ सिट रहेको विधानसभामा सन् २०१९ मा भएको निर्वाचनमा चाम्लिङको पार्टी एसडिएफले १३ सिट हात पारेको थियो। १५ सिट सिक्मि डेमोक्रटिकले जितेको थियो भने १५ सिट सिकिम क्रान्तिकारी मोर्चा (एसकेएम) हात पारेको थियो। १० विधायक भाजपा प्रवेशसँगै अब सिक्किम विधानसभामा एसडीएफका तर्फबाट चाम्लिङसहित तीन जना रहेका छन्।
तर, उनीहरूले यसअघि नै चाम्लिङको निर्णयलाई चुनौती दिई बिद्रोह गरिसकेका छन्। १० जना विधायक राजपामा प्रवेश गरेसँगै लामो समय एकछत्र राज गरेका चाम्लिङको पार्टी अब कमजोर अवस्थामा पुगेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।