राजनीति

विनियोजन विधेयकमाथि आज मन्त्रीले जवाफ दिने

असार २२, २०७३

    काठमाडौँ : व्यवस्थापिका संसदको बुधबार बस्ने बैठकमा आर्थिक वर्ष २०७३/०७४ को वार्षिक बजेटको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेछन्।

    मंगलबार विनियोजन विधेयकमाथिको छलफल सकिएपछि बुधबार बस्ने संसदको बैठकमा छलफलमा उठेका प्रश्नहरूको विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ। मन्त्रीहरूले जवाफ दिएपछि बिहीबार बजेट पारित गर्ने तयारी गरिएको छ। 

    आजबाट विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयका सह-प्रवक्ता सुदर्शन कुईँकेलले जानकारी दिएका छन्। विनियोजन शीर्षक अन्तर्गत मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहरी विकास मन्त्रालय, आपूर्ति मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, संवैधानिक निकायहरूको बजेट शीर्षकमाथि छलफल भएको थियो। 

    बुधबार हुने छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नमा वाणिज्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, आपूर्ति मन्त्रालय, सिँचाइ मन्त्रालय, पशुपक्षी विकास मन्त्रालय, विज्ञान प्रविधि मन्त्रालय, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भूमिसुधार मन्त्रालय र कृषि विकास मन्त्रालयका तर्फबाट मन्त्रीहरूले जवाफ दिनेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]