राजनीति

वातावरण मन्त्री विश्वेन्द्र पासवानमाथि मानव तस्करीको आरोप

photo : mntv.com.au
असार २२, २०७३

    काठमाडौं : सांसदहरु मानव तस्करमा संलग्न भएको आरोप लागिरहेका बेला बहालवाला मन्त्री पनि मानवतस्करमा संलग्न रहेको आरोप लागेको छ। संसदको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वातावरण मन्त्री विश्वेन्द्र पासवान मानवतस्करमा संलग्न रहेको आरोप लगाएका हुन्।

    संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग लिन २०७२ मंसिर १८ गते फ्रान्सको राजधानी पेरिस जाँदा मन्त्री पासवानले १५ जना नेपालीलाई पोर्चुगल र स्पेनमा छाडेको सांसद खतिवडाले आरोप लगाएका हुन्।

    ‘मन्त्रीहरुनै मानव तस्करमा संलग्न छन्, जलवायु सम्मेलनमा पेरिस जाँदा १५ जना मानिसलाई एक मन्त्रीले पार्चुगल र  स्पेनमा मान्छेहरु छोडेर आएको रेकर्डहरु छन्, त्यो जवाफ सरकारले दिनुपर्छ कि पर्दैन, ती मन्त्रीहरु यहाँ छन् कि छैनन् जवाफ चाहियो सभामुख महोदय’ उनले भने ' हाम्रो देशको बेइज्जत मन्त्री भएर गर्ने? हाम्रो देशको बेइज्जत सांद भएर गर्ने?' 

    हेर्नुस् खतिवडाले के भने ? 

    खतिवडाले २०७० सालयता मन्त्री र सांसद भएकाहरुले को को मानिस कहाँ लिएर गए भन्ने बारेमा संसदले स्वेतपत्र जारी गरेर जानकारी दिन सांसद खतिवडाले माग गरे। ‘सांसद नै मानव तस्करमा संलग्न रहेको समाचारले हाम्रो लागि लज्जाको विषय हो, सांसदहरुको अपमान हो, मानव तस्करमा को को संलग्न छन् त्यसबारे प्रष्ट पार्न संसदले स्वेतपत्र जारी गर्नुपर्‍यो,’ उनले भने। 

    संवैधानिक निकायमा हुने राजनीतिक भागबन्डा अन्त्य गर्न पनि उनले माग गरेका छन्। सर्वोच्च अदालतमा सिफारिस भएका ११ जना न्यायाधीशको संवैधानिक व्यवस्था अनुसार सुनुवाई गर्न उनले माग गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]