राजनीति

शशांकको स्वास्थ्यमा सुधार, होस खुलेपछि आँशु खसाले

Photo: File
असार २३, २०७३

    काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको स्वास्थ्यमा सुधार देखिएको छ। आज बिहानदेखि उनको रक्तचापमा सुधार आएको छ।

    कोइरालाका स्वकीय सचिव भरत तिवारीले कोइरालाको रक्तचाप १४०/९० रहेको जानकारी दिएका छन्। बिहीबार बिहान कोइरालालाई भेटेका तिवारीले भने, ‘बिहान मैले महामन्त्रीज्यूलाई भेट्दा मलाई चिनेर उहाँ रुनु भयो । हिजोको तुलनामा स्वास्थ्यमा धेरै सुधार आएको छ । रक्तचाप पनि सुधार आएको छ । तर, उहाँको स्वास्थ्य अवस्था खतरामुक्त नभएको डाक्टरहरुले बताएका छन्।’

    मंगलबार राती काठमाडौंमा रहेको ओम अस्पतालमा उपचारका लागि भर्ना भएका कोइरालाको अवस्था बुधबार बिहान गम्भीर बनेको थियो। अस्पतालले वान्ता गर्ने क्रममा फोक्सोमा तरल पदार्थ पुगेपछि कोइरालालाई निमोनिया भएको जनाएको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार कोइरालाको अवस्था अझै गम्भीर रहेकाले भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ। केही सुधार आएको तर अवस्था अझै पनि जटिल नै रहेको अस्पतालले जनाएको छ।  

    स्वास्थ्यमा सुधार ल्याउन सजिलो होस् भन्नाका लागि कोइरालालाई कृतिम श्वास-प्रश्वासको सहयोग दिइएको छ। उपचारमा डा. भगवान कोइराला, डा. लव जोशी, डा. अर्जुन कार्की, महामन्त्री कोइरालाकी पत्नी सुपात्रा लगायत १५ जनाको टोलीले उपचार संलग्न रहेको छ। 

    अस्पतालले बिहीबार बिहान ९ बजेसम्म कोइरालाको स्वास्थ्यका सम्बन्धमा जानकारी गराउने भएको छ। 

    स्वास्थ्य गम्भीर भएपछि स्वास्थ्य अवस्थाबारे जानकारी लिन ओम अस्पतालमा विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको भीड लागेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]