बाँके : उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले विमानस्थलका चमेनागृहमा अनिवार्य रूपमा मूल्यसूची राख्न र सुर्तिजन्य पदार्थको बिक्री वितरण नगर्न अन्...
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकहरुका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारको तुलनामा सुधार हुँदै गएको छ ।
उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. लव जोशीले महामन्त्री कोइरालाले अहिले आँखा खोल्ने र ‘चिन्नुभयो ? भन्दा टाउको हल्लाउने’ अवस्थामा पुगेको बताए।
आवश्यक थोरै औषधिका साथ भेन्टिलेसनमा राखिरहेका कारण खतरामुक्त भन्न नसकिने जानकारी गराउँदै डा. जोशीले भने, “यही अवस्था रहिरहे एक-दुई दिनमा पुनः स्वस्थ अवस्थामा फर्कनुहुन्छ।”
डा. जोशीले यही अवस्थामा स्वास्थ्य सुधार हुँदै गए आज साँझसम्ममा भेन्टिलेटरबाट बाहिर निकाल्न सकिने जानकारी दिए। “तर हामी हतार गर्दैनौँ”, उनले भने।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।