काठमाडौं : एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ। मिलानोमा भएको राति भएको खे...
काठमाडौं : युरोकप फुटबलको दोश्रो सेमिफाइनलमा बिहीबार राती आयोजक फ्रान्स र विश्वविजेता जर्मनी भिड्दैछन्। बिहीबार नेपाली समय अनुसार राती पौने १ बजे स्टेड भेलोड्रोम स्टेडियममा हुने खेललाई फ्रान्सको घरेलु मैदानमा शक्ति परीक्षणको रुपमा हेरिएको छ।
आयोजक फ्रान्सले घरेलु मैदानमा भएको ठूला प्रतियोगिताहरुमा हार ब्यहोरेको छैन। जर्मनीसँग पनि ठूला प्रतियोगितामा फ्रान्ससँग हारेको रेकर्ड छैन। फ्रान्स सन् १९६६ को विश्वकपदेखि यता ठूला प्रतियोगितामा जर्मनीसँग भएको सबै ९ खेलमा पराजित भएको छ।
जर्मनी पछिल्ला विश्वकपमा भएका ३ वटा नकआउट चरणका खेलहरूमा फ्रान्ससँग अपराजित रहँदै आएको छ भने मुख्य प्रतियोगिताको सेमिफाइनलमा पनि जर्मनीको राम्रो रेकर्ड छ। सन् २०१४ को विश्वकपमा पनि क्वार्टरफाइनलमा जर्मनीसँग १-० पराजित हुँदै फ्रान्स घर फर्केको थियो।
बिहीबार रातीको खेलमा फ्रान्सले आफ्नो घरेलु मैदानमा आफ्नो आधिपत्यको इतिहासलाई कायमै राख्न चाहन्छ भने जर्मनी फ्रान्समाथिको नियन्त्रणलाई कायम राख्दै यसलाई तोडेर नयाँ इतिहास रच्न चाहन्छ।
तर जर्मनी आफ्ना केही खेलाडीको चोट र प्रतिबन्धका कारण संकटमा छ। स्ट्राइकर मारियो गोमेज र मिडफिल्डर सामी खेडिरा चोटका कारण आज मैदानमा उत्रने छैनन्। यस्तै, कप्तान बास्टियन स्वान्सटाइगर पनि चोटका कारण खेल्नेमा शंका छ भने हुमेल्स निलम्बनमा परेका छन्। उनको स्थानमा स्कोर्डान वा बेनडिक्टले खेल्ने सम्भावना छ।
यस्तो संकटकाबीच जर्मनीका प्रशिक्षक जोचिम लोउले आफ्ना खेलाडीहरूमाथि विश्वास रहेको बताएका छन्। उनले आफ्ना टोलीका सबै खेलाडीप्रति आफूलाई विश्वास रहेको र फ्रान्सलाई पराजित गर्न सक्नेमा ढुक्क रहेको बताएका छन्।
प्रशिक्षक लोउ पछिल्ला खेलहरूमा फ्रान्सको डिफेन्समा कमजोरी देखिएको दावी गर्दै त्यसको फाइदा आफुहरुले उठाउने बताउँछन्। क्वार्टरफाइनलमा ४-० ले अगाडि रहेको अवस्थामा फ्रान्सको डिफेन्सको कमजोरीका कारण आइसल्याण्डले खेलमा २ गोल गर्न सफल भएको उनले उदाहरण दिए।
फ्रान्सका प्रशिक्षक डिडिएर डेसचाम्सले आफ्नो टोली जर्मनी भन्दा बलियो रहेको बताउँदै घरेलु मैदान र समर्थकको साथले जर्मनीलाई दवावमा राख्न सक्नेमा ढुक्क छन्।
आजको फ्रान्स र जर्मनीबीचको खेलमा जर्मनीका थोमस मुलरलाई प्ले मेकरको रूपमा हेरिएको छ। मुलरलाई फ्रान्सका उत्कृष्ट ब्याक प्याट्रिक इभ्रालाई पन्छाउनु पहिलो चुनौती हुनेछ। इभ्रालाई पन्छाउन सके मुलरका लागि सबैभन्दा राम्रो मौका हुन सक्छ। इभ्राले मुलरलाई रोक्न सक्दा फ्रान्सको टाउको दुखाई कम हुनेछ।
यस्तै, आजको खेलमा ओलिभर जिराउड र बोयटिङको खेलले पनि खेलको निर्धारण गर्न सक्छ। फ्रेन्च जिराउडले फ्रान्सलाई यस चरणमा पुर्याउनका लागि निकै ठूलो भूमिका निर्वाह गरेका थिए। उनले यस युरोमा २ गोल गरेका छन् भने २ गोलका लागि एसिस्ट गरेका छन्।
बिहीबारको खेलको विजेताले युरोकपको उपाधिका लागि पोर्चुगलको सामना गर्नेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।