काठमाडौँ : नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन भनेर प्रश्न...
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकारका विषयमा छलफल गर्न बिहीबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भेट गर्नेभएका छन्।
उनले बेलुका साढे ५ बजे सरकारका विषयमा छलफल गर्न प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको पार्टीको पोलिट्ब्युरो बैठकमा जानकारी गराएका छन्। उनले सरकारका विषयमा यो छलफल गम्भीर र निर्णायक हुने बैठकमा जानकारी गराएका एक नेताले बताए। प्रचण्डले बैठकमा आफुहरु सरकार गिराउन लागेको नभई अब मुद्दाको आधारमा सहकार्य गर्नुपर्ने बताएका छन्।
अदालतमा विचाराधीन द्वन्द्वकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत निरुपण गर्ने, शान्ति प्रक्रियाका बाँकी कामहरु अघि बढाउने, वार्ता मार्फत मधेसी र जनजाति समुदायको माग संबोधन गर्ने र संविधान कार्यान्वयनमा तत्पराता देखाउनेहरुसँग सहकार्य हुने प्रचण्डले बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।