राजनीति

माओवादी केन्द्रको महाधिवेशन पुस २३ देखि २८ सम्म काठमाडौंमा

यस्तो छ पोलिटब्युरो निर्णय

फाइल फोटोः रासस
असार २३, २०७३

    काठमाडौं : नेकपा माओवादी केन्द्रले आउँदो पुस २३ गतेदेखि २८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार बसेको पोलिटब्युरो बैठकले पार्टी एकताको आठौँ राष्ट्रिय महाधिवेशन पुस २३ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।

    यसअघि बिहीबार पेरिसडाँडामै बसेको सचिवालय बैठकले महाधिवेशनको मिति र स्थानका बारेमा निर्णय गर्दै अनुमोदनका लागि पोलिट्ब्युरो बैठकमा पेश गरेको थियो। सचिवालयको निर्णय पोलिटब्युरोले अनुमोदन गरेको हो।

    विभिन्न माओवादी घटकहरुसँग एकतापछि बनाइएको माओवादी केन्द्रको १ हजार ४ सय ९९ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति भनेको छ। पोलिट्ब्युरो बैठकमा आगामी महाधिवेशनबाट केन्द्रीय सदस्यको संख्या १ सय ९९ जना बनाउने माओवादीको तयारी छ।

    के गर्छ महाधिवेशनले?

    माओवादी केन्द्रको अन्तरिम विधान २०७३ मा 'आधारभूत वैचारिक राजनीतिक विषयमा समान धारणा बनेका पार्टीहरुको बीचमा एकता भएकोले एकता महाधिवेशन विशिष्ट अवस्थाको हुने' उल्लेख छ। 

    विगतका समीक्षात्मक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, पार्टीको वैचारिक र राजनीतिक कार्यदिशा, नीति कार्यक्रम लगायतका राजनीतिक दस्तावेज पारित गर्ने, पार्टीको विधान निर्माण गर्ने र केन्द्रीय कार्यसमिति गठन गर्ने महाधिवेशनका मुख्य काम हुन्। 

    महाधिवेशन अघि माओवादी रणनीति

    प्रवक्ता पम्फा भुषाका अनुसार महाधिवेशनअघि माओवादीले सबै तहमा पार्टी एकता सम्पन्न गर्नेछ। विभाजित माओवादी घटकबीच केन्द्रमा एकता भए पनि स्थानीयस्तर र जनवर्गीय संगठनहरुमा एकताले पूर्णता पाएको छैन।

    ‘साउन अन्तिमसम्म सबै तहमा पार्टी एकता गर्छौँ र पुस २३ देखि २८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्छौँ’, बैठकपछि प्रवक्ता भुषालले भनिन्।

    माओवादीले बाढी पहिरो नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पार्टी परिचालन गर्ने निर्णय गरेको छ।

    यस्तै राष्ट्रिय सहमतिको सरकार गठनका लागि राजनीतिक दलहरुसँग छलफल अगाडि बढाउने निर्णय माओवादीले गरेको छ। ‘राष्ट्रिय सहमतिको सरकार गठनका लागि हामी गम्भीर बहस थाल्छौँ’, उनले भनिन्।

    यस्तै सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय समावेश गर्न पहल गर्ने र त्यसपछि पास गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ।

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]