स्वास्थ्य

अफ्रिका जाने नेपालीलाई 'यलो फिभर'बाट जोगिन ट्राभल एड्भाइजरी जारी

Photo : passporthealthusa.com
असार २५, २०७३

    काठमाडौं : अफ्रिकी महादेशका विभिन्न देशमा फैलिएको 'यलो फिभर'लाई ध्यानमा राखी सरकारले अफ्रिका भ्रमणमा जाने नेपालीका लागि ट्राभल एड्भाईजरी जारी गरेको छ। 

    रोग फैलिएको ठाउँमा भ्रमण गरेर फर्किएकाबाट देशमा संक्रमण फैलिने सम्भावनालाई ध्यानमा राखी स्वास्थ्य सेवा विभागले ट्राभल एड्भाईजरी जारी गरेको हो। अफ्रिका जानु एकमहिना अघि नै यस विरुद्धको खोप लगाउन र खोप लगाउने संस्थाले जारी गरेको यलो कार्ड साथमा राखेर जान ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ। 'यलो फिभर' एडिस जातको लामखुट्टेले सार्ने र उच्च मृत्युदर भएको रोग हो। यो रोगको कुनै उपचार नभएपनि रोकथामका लागि प्रभावकारी खोप उपलब्ध रहेको महाशाखाले जनाएको छ। 

    नेपालमा केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला र केही मेडिकलहरुमा यो खोप उपलब्ध रहेको खोप सुपरभाईजर अधिकृत ओमप्रकाश उपाध्यायले जानकारी दिए। यो खोपको बढीमा ३ हजार रुपैंया सम्म तिर्नुपर्छ। 

    विश्व स्वास्थ्य संगठनका अनुसार 'यलो फिभर'बाट अफ्रिकाका ३४ र मध्य तथा दक्षिणी अमेरिकाका १३ देश यलो प्रभावित छन्। यो रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, जण्डिस हुने र जिउ दुख्ने जस्ता लक्षण देखिने र अवस्था गम्भीर बने ७ देखि १० दिन भित्र मानिसको मृत्यु हुने संगठनले जनाएको छ। बढी जनघनत्व भएको र लामखुट्टे धेरै लाग्ने ठाउँमा रोग छिटो फैलिने सम्भावना हुन्छ। 

    'यलो फिभर' विरुद्धको खोप एक पल्ट लगाईसकेपछि जीवन भरका लागि प्रभावकारी हुने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]