समाज

टिचिङ गेटकै मेडिकलमा म्याद नाघेको औषधि

फोटो : दीपक केसी
असार २६, २०७३

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) को प्रवेशद्वार नजिकै सञ्चालित औषधि पसलमा म्याद नाघेको औषधि बिक्रीका लागि राखिएको भेटिएको छ।

    आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण बिभाग, आपूर्ति मन्त्रालय, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र औषधि विज्ञ सहितको टोलीले गरेको अनुगमनमा क्रममा अस्पतालको गेट नजिकै रहेको संग फर्मामा गएको अप्रिलमा म्याद गुज्रिएको औषधि पनि बिक्रीका लागि राखेको भेटिएको हो।

    बालबालिकालाई झाडापखाला लागेको बेलामा प्रयोग हुने प्रोटिल डिएफ नामको औषधि अप्रिल महिनामा र दुखाइ कम गर्ने इन्डोलार २५ नामको औंषधि गएको मार्चमा नै म्याद सकिएको भेटिएको अनुगमन टोली प्रमुख आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण बिभागका शाखा अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी दिए।

    त्यस्तै औषधि पसल फोहोर औषधिहरु धुलोले ढाकेको र पसल सञ्चालनका लागि आवश्यक कागजपत्रहरु नवीकरण नगरेको छ। अनुगमन टोलीले औषधि पसुल सञ्चालकलाई फोहोर सफा गरेर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

    त्यस्तै टिचिङ अस्पताल नजिकैको वेलफेयर फर्मामा म्याद सकिन लागेका औषधिहरु पनि अरु औषधिसँगै राखेको भेटिएको छ।

    अनुगमन टोलीले काठमाडौं क्षेत्रपाटीको दुईवटा मेडिकलमा शिलबन्दी गरी २४ घण्टाभित्र उपस्थित हुन आग्रह गरेको छ। अनुगमन टोली आएपछि पसल बन्द गरेर भाग्ने दुईवटा पसललाई २४ घण्टाभित्र उपस्थित हुन आग्रह गरेको हो।  

    अनुगमन टोलीका प्रमुख श्रीप्रसाद अधिकारीले बजार अनुगमन नियमित हुने र यसअघि अनुगमन गरेको मासु र तरकारी पसलमाथि कारबाही प्रक्रिया चलिरहेको जानकारी गराएका छन्।

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]