अर्थ

छिटो भन्दा छिटो घर बनाउन भूकम्पपीडितलाई प्राधिकरणको आग्रह

माघ २४, २०७३

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि बजेटको अभाव नभएको जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्द पोखरेलले बजेटको अभावका कारण पुनर्निर्माणको काम नरोकिएको प्रष्टयाएका हुन्।

    उनले केही ठाउँमा लाभग्राहीहरुले आवश्यक प्रमाण जुटाउन समय लागेकाले आवास निर्माणका लागि पहिलो चरणमा छुटयाइएको बजेट पाउन नसकेको पनि स्पष्ट पारे। कतिपय लाभग्राहीको आफ्नै जग्गासमेत नहुँदा उनीहरुले आवास निर्माणका लागि बजेट पाउन नसकेको पुनर्निर्णाण प्राधिकरणले जनाएको छ।

    प्रमुख कार्यकारी अधिकृत पोखरेलले ९३ प्रतिशतले आवास निर्माणका लागि पहिलो किस्ताको रकम पाइसकेको र पाउन नसकेकाका लागि पनि १४ वटै जिल्लामा बजेटको व्यवस्था भइसकेको पनि जानकारी दिए।

    प्राधिकरणले पहिलो किस्ताको रकम लिएर मापदण्ड अनुसारको घर बनाउन सुरु गरेकालाई दोस्रो किस्ताको रकम दिइएको पनि उनले बताए। मापदण्ड पूरा गरेर घर निर्माणको काम सुरु गरेकालाई दोस्रो किस्ताको रकम दिन थालिएको पाेखरेलकाे भनाइ छ। भूकम्प पीडितहरुलाई आवास निर्माणका लागि पहिलो किस्ता बापत ५० हजार उपलब्ध गराउने व्यवस्था गरिएको छ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक जनशक्ति निर्माणका लागि १ महिनाभित्र हरेक गाउँ विकास समितिमा तालिम संचालन गर्ने योजना बनाएको छ। जनशक्तिको अभावमा पुनर्निर्माणको काम अघि बढाउन नसकिएको लाभग्राहीको गुनासो आएपछि प्राधिकरणले नेपाली सेनाको समेत साथ लिएर हरेक गाविसमा एक महिना भित्र जनशक्ति निर्माणका लागि आवश्यक तालिम दिने व्यवस्था गर्न लागेको हो।

    प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपाली सेनाको समेत साथ लिएर पुनर्निर्माणका लागि आवश्यक जनशक्ति निर्माण गर्न हरेक गाउँ विकास समितिमा एक महिनाभित्र तालिम दिने योजना बनाइएको पनि उल्लेख गरे।

    साथै प्राधिकरणले छिटो भन्दा छिटो आवास निर्माणको काम सम्पन्न गर्न पनि लाभग्राहीहरुलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]