छापा

प्रमुख दलहरुबीच संवाद ठप्प, एमालेसँग अनौपचारिक कुराकानी गर्ने मुडमा प्रचण्ड

फाइल फोटो
माघ २५, २०७३

    काठमाडौं : स्थानीय निर्वाचनको मिति घोषणामा ढिलाइसँगै प्रमुख तीन दलबीच १६ दिनयता औपचारिक संवाद ठप्प भएको छ। सत्तारुढ कांग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमालेबीच औपचारिक संवाद ठप्प भएको हो।

    ८ माघमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको तीनदलीय शीर्ष बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनसँग सम्बन्धित कानुन पारित गरेर १५ माघभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सैद्धान्तिक प्रतिबद्धता जनाएका थिए। सरकारले निर्वाचन आयोगलाई चुनावी तयारी गर्न औपचारिक पत्र पठाए पनि चुनावी मितिमा अन्योल छ। सरकारले भने मधेसी मोर्चालाई मनाएर संविधान संशोधन गरेपछि मात्रै मिति घोषणा गर्ने नीति लिएको छ।

    माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले संविधान संशोधन प्रस्तावलाई मतदान प्रक्रियामा लैजाँदा पारित नभए पनि चुनावमा भाग लिने मधेसी मोर्चाले प्रतिबद्धता जनाएकाले मिति घोषणामा ढिलाइ भएको बताए। ‘पछिल्लो वार्तामा महन्थ ठाकुरले संशोधन प्रस्तावलाई प्रक्रियामा लैजाँदा पास–फेल जे भए पनि चुनावमा भाग लिने प्रतिबद्धता जनाएकाले मिति घोषणाका लागि केही समय धैर्य गरिएको हो,’ गजुरेलले भने, ‘बीचको समयमा स्थानीय तहको पुनर्संरचनामा २ नम्बर प्रदेशको विवाद हल गरेर संशोधन टुंग्याउने गरी सहमतिको दिशामा अघि बढ्ने संकेतकै कारण नयाँ शिराबाट छलफल गर्न समय लिइएको हो।’

    एमालेका नेताहरूसँग अनौपचारिक संवाद 

    बालुवाटार स्रोतका अनुसार संविधान संशोधनपछि मिति घोषणा गर्ने मोर्चाका नेताहरूसँगको सहमतिपछि प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीसहित शीर्ष तहका नेताहरूसँग अनौपचारिक संवाद गर्ने ‘मुड’मा छन्। आगामी १० फागुनसम्म संसद् स्थगित भए पनि यसबीचमा अनौपचारिक संवादबाटै एउटा सहमतिमा पुग्न सकिनेमा उनी आश्वस्त छन्। ‘अहिले पनि प्रधानमन्त्रीज्यूले एमालेका नेताहरूसँग अनौपचारिक संवाद गरिरहनुभएकै छ, वार्ता नै नभएको होइन, तर निष्कर्ष आइहाल्ने स्थिति नभएकाले औपचारिक छलफल नभएको हो,’ गजुरेलले भने, ‘त्यहाँभित्र पनि बुझाइको अन्तर रहेकाले कुनै न कुनै निकास आउँछ।’

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]