काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
चितवन : पूर्वी चितवनको खैरहनीस्थित चैनपुरमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट बुधबार एक किशोरीको मृत्यु भएको छ। भरतपुरबाट हेटौँडातर्फ जाँदै गरेको ना २ ख ५७१४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशाबाट आउँदै गरेको ना ४२ प ४८८६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो।
खैरहनी नगरपालिका–२ स्थित राजमार्गमा बिहान ९ बजे भएको उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने १७ वर्षकी सविना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनको घटनास्थलमै ज्यान गएको हो। मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन्। दुर्घटनापछि ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।