पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
काठमाडौं : क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघबीच एकता भएको छ। एकतापछि संगठनको नाम प्रेस सेन्टर नेपाल राखिएको छ। प्रेस सेन्टर वैचारिक हिसाबले नेकपा माओवादी केन्द्रमा आस्था राख्ने पत्रकारको संगठन हो।
बुधबार काठमाडौंमा भएको एकता राष्ट्रिय भेलाले पत्रकार गोविन्द आचार्यलाई संयोजक चयन गरेको छ। भेलाले ४ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति पनि बनाएको संयोजक आचार्यले जानकारी दिनुभयो। प्रेस सेन्टरको महाधिवेशन आउँदो भदौँ १० र ११ गते हुनेछ।
एकता भेलामा प्रचण्डका कुरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश भित्र र बाहिर माओवादी पार्टीहरुको एकताको सकारात्मक सन्देश गएको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडा, कोटेश्वरमा आयोजित क्रान्तिकारी पत्रकारहरुको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो-, ‘विभाजनबाट देशको समग्र राजनीतिमा, क्रान्तिकारी कार्यकर्ताहरुमा र आम जनतामा पनि जे जस्तो नकारात्मक प्रभाव रह्यो। त्यो स्थितिसम्म आउन तपाई हामी सबैको मिहेनतले हो।‘
पत्रकारहरुको भूमिका अग्रणी रहेको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो- ‘हामीले नेपाली क्रान्तिलाई मात्रै नयाँ उचाईमा उठाउने होइन, विश्व क्रान्तिलाई पनि नयाँ सन्देश नेपालबाट दिनुछ भनेर हामीले संकल्प सहित एकता गरेका छौं।‘
माओवादी पार्टीहरुलाई मात्र एकतावद्ध बनाउने नभइ मधेस, हिमाल र पाहाडलाई एकतावद्ध गरी राष्ट्रिय धारमा ल्याउने पहल लिने प्रचण्डले बताउनुभयो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।