मनोरञ्जन

८ फोटोमा हेर्नुहोस् साहित्यकारको फुटबल भिडन्त

असार ५, २०७३

    काठमाडौं : शनिबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको खेल मैदानमा फुटबल भिडन्तका लागि उत्रेका थिए साहित्यकारहरु। संस्कृति, साहित्य र कलासम्बन्धी राष्ट्रिय पाक्षिक पत्रिका ‘संसाक’को आयोजनामा भएको ‘प्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल खेल’ मा दुई टोलीमा गरी करिब ५० साहित्यकारको सहभागिता थियो।

    खेलमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्यसचिव प्रा. डा. जीवेन्द्रदेव गिरी लगायत पदाधिकारी, सत्यमोहन जोशी, रामबहादुर पहाडी, प्रा. डा. गार्गी शर्मा, माया ठकुरी, डा. प्रकाशचन्द्र लोहनी, हरिहर खनाल, उषा शेरचन, पूर्ण विराम, सरुभक्त, डा. विजय सुब्बा, नरेन्द्रबहादुर श्रेष्ठ, प्रल्हाद पोखरेल, श्रीओम रोदन, दीनानाथ शर्मा, प्रा. डा. रमेशचन्द्र अधिकारी, वासुदेव गुरागाईँ, शारदा शर्मा, प्रभा भट्टराई, राधेश्याम लेकाली, सुलोचना मानन्धर, गौरा प्रसाईँ लगायतको सहभागिता थियो।

     नेपाली साहित्यको उत्थान, साहित्यकार, पाठक एवम् सर्वसाधारणबीचको सम्बन्ध वृद्धि र मनोरञ्जनका लागि कार्यक्रम गरिएको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए।

    हेर्नुस् मैत्रीपूर्ण फुटबल कार्यक्रमका फोटोः

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]