विश्व

काबुल आत्मघाती हमलामा १२ नेपाली मारिएको पुष्टि

प्रधानमन्त्री ओलीद्वारा काबुल घटनाको निन्दा

असार ६, २०७३

    काठमाडौं : अपडेटः काबुल आक्रमणमा मारिएका १४ जनामध्ये १२ जना नेपाली रहेको र २ जना नेपालीभाषी भारतीय भएको सरकारले जनाएको छ। 

    अफगानिस्ताको काबुलमा भएको आत्मघाती हमलामा १४ नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले सोमबार भएको हमलामा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको जानकारी दिए। 

    परराष्ट्र मन्त्रालयले ट्विट गर्दै १४ नेपालीको मृत्यु हुने गरी भएको आत्मघाती बम हमलाको भत्सर्ना गरेको छ। घटनाबारे विस्तृत बुझ्ने प्रयास भैरहेको मन्त्रालयले जनाएको छ। 

    Condemn the killing of 14 Nepalese nationals and injuring 5 in a suicide bomb attack in Kabul. MoFA seeking details of the dead and injured.

    — MOFA of Nepal (@MofaNepal) June 20, 2016

    अफगान सरकारले अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम हमलामा १२ नेपालीको मृत्यु भएको जनाएको छ। एक विदेशी कम्पनीका कर्मचारी बोकेर गैरहेको मिनिबसमा स्थानीय समयअनुसार बिहान ५ बजेर ४० मिनेटमा भएको आत्मघाती बम हमलामा १४ नेपाली कामदारको मृत्यु भएको अफगानिस्तान सरकारले बताएको हो। 

    परराष्ट्रमन्त्री कमल थापाले काबुलमा भएको हमलामा नेपाली मारिएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै घटनाको भत्सर्ना गरेका छन्। 'आतंकवादी हमलामा १४ नेपालीको मृत्यु भएको सुन्दा म स्तब्ध भएको छु', उनले लेखेका छन्, 'निर्दोषमाथि भएको भएको अमानवीय अपराधको भत्सर्ना गर्दछु।'

    Shocked to hear the death of 14 Nepalese in a terrorist attack in Kabul today.Strongly condemned this heinous crime against innocent people.

    — Kamal Thapa (@KTnepal) June 20, 2016

    ’घटनामा १४ विदेशी (नेपाली नागरिक) को मृत्यु भएको छ भने पाँच नेपालीसहित अन्य ९ जना घाइते भएका छन्’, त्यहाँको आन्तरिक मामिला हेर्ने मिनिस्ट्री अफ इन्टेरिअर अफेयर्सले विज्ञप्ति जारी गरी भनेको छ। घाइते हुनेमा चारजना अफगान नागरिक छन्। उक्त घटनालाई ‘मानवताको मूल्यविपरीतको जगन्य अपराध’ भन्दै अफगानिस्तान सरकारले भत्सर्ना गरेको छ।

    अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा १२ भन्दा बढी नेपालीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। आत्मघाती विष्फोटमा नेपाली सुरक्षा गार्डहरु परेको एजेन्सीहरुले जनाएका छन्। एएफपीले घटनामा १४ जना नेपाली परेको जनाएको छ।

    काबुल प्रहरी प्रमुख अब्दुल रहमान रहमीले घटनामा मृत्यु हुनेहरु नेपाली र अफगानी रहेको बताएका छन् । 

    बिबिसीले बिस्फोटमा मारिनेको संख्या १४ रहेको र बसमा नेपाली सुरक्षा गार्डहरु रहेको बताएको छ। समाचारमा तालिवानले घटनाको जिम्मेवारी लिएको बताइएको छ।

    गृहमन्त्रालयका प्रवक्ता सेदिक सिद्धकीले भनेका छन्, ‘विदेशी गार्ड रहेको मिनीबसमा आत्मघाती आक्रमणकारीले बस विस्फोट गराएका छन् । हामी मृतकको पहिचान गर्दैछौं।’ उनले घटनामा ८ जना घाइते भएको बताएका छन्।

    Initial report of today's terrorist attack in Kabul 14 killed and 8 wounded, Police are working to ID victims.

    — Sediq Sediqqi (@moispokesman) June 20, 2016

    स्थानीय समयअनुसार बिहान ५ बजे सुरक्षा गार्ड चढेको बस लक्ष्यित गरी काबुलको पुल ए चार्खिल क्षेत्रमा सो आत्मघाती बम विस्फोट भएको थियो।

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले काबुल घटनाको निन्दा गर्नुभएको छ । आज ट्वीट गरी प्रधानमन्त्रीले काबुलको आत्मघाती आक्रमणमा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]