राजनीति

मन्त्रीद्वारा राजसंस्थाको वकालत, शपथको अर्थ रहेन

असार ६, २०७३

    काठमाडौं- संविधान पालना गराउने प्रमुख भूमिकामा रहेको मन्त्रिपरिषद्का सदस्यहरु नै संविधान विरोधी गतिविधिमा लाग्न थालेका छन् । 
    स‌ंविधान बमोजिम शपथ खाएका भूमिसुधार तथा ब्यवस्था मन्त्री रामकुमार सुब्बाले आज संविधान विरोधी अभिव्यत्ति दिएका हुन् । रिपोर्टर्स क्लबले आज गरेको कार्यक्रममा उनले भने,‘ मन्त्री पद भन्दा मेरो लागि राजसंस्थाको विचार ठूलो हो । प्रधानमन्त्रीलगायतबाट मेरो विचार कुण्ठित भए मन्त्रीपद त्याग्छु ।’ उनले संविधानले नै विचारको स्वतन्त्रता दिएकोले आफू यस्तो अभिब्यक्ति दिन स्वतन्त्र रहेको दावीसमेत गरे । उनको तर्क थियो- राष्ट्रिय एकताको लागि सर्वस्विकार्य नेतृत्वको रुपमा राजसंस्था अपरिहार्य छ । नेपालमा संवैधानिक राजसंस्था, सापेक्ष हिन्दु राष्ट्र र संघीयताको ठाँउमा शक्तिशाली स्वायत्त शासन हुनु पर्ने धारणासमेत उनले राखे । त्यसका लागि राप्रपा नेपाल जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको उनले स्पष्ट पारे ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]