काठमाडौँ : नेपालले दोस्रो टी–२० खेलमा आयरल्याण्ड ए लाई ७१ रनले पराजित गर्दै २ खेलको शृंखला जितेको छ। आयरल्याण्ड ए ले&nb...
पोल्याण्ड, पोर्चुगल र वेल्स युरोकप २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेका छन्। शनिबार राती भएको खेलमा पोल्याण्डले स्वीट्जरल्याण्ड, पोर्चुगलले क्रोयसिया र वेल्सले उत्तरी आयरल्याण्डलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन्।
पोल्याण्डले पेनाल्टी सुटआउटमा स्वीट्जरल्याण्डलाई ५-४ ले पाखा लगाउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो। निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। ३९ औं मिनेटमा पोल्याण्डले अग्रता लिएपनि ८२ औं मिनेटमा स्वीटजरल्याण्डले गोल फर्काएको थियो।
त्यस्तै उत्तरी आयरल्याण्डले आफ्नै गल्तीमा वेल्सलाई १–० ले नतिजा सुम्पदै युरोकप बाट बाहिरिएको छ। खेलभरी दबदबा रहेता पनि गोल गर्न नसकिरहेको वेल्सलाई खेलको ७५ औँ मिनेटमा उत्तरी आयरल्याण्डका डिफेन्डर म्याक्लीले बल क्लियर गर्ने क्रममा गोल उपहार दिएका थिए। त्यही उपहार गोल नै वेल्सको लागि क्वाटरफाईनलमा पुग्न प्रयाप्त भयो।
शनिबार भएको प्रि क्वार्टर फाइनलको तेश्रो खेलमा पोर्चुगले क्रोयसियामाथि संघर्षपूर्ण जित निकालेको छ। उसका लागि खेलको ११६ औं मिनेटमा करिज्माले गोल गरेका थिए। क्रिस्टियानो रोनाल्डोले प्रहार गरेको बल गोलकिपरले रोकेपनि रिबाउण्डमा गोल गर्दै करिज्माले पोर्चुगललाई क्वार्टरफाइनलको यात्रा गराए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।