मनोरञ्जन

'कथावाचन'को नौलो प्रयोगमा नयनराज र लेनिन

फोटोहरु : विवेक मिश्रको फेसबुकबाट
असार १२, २०७३

    काठमाडौं :  हप्ताभरीका थकान मेटाउन साहित्यप्रेमीहरुसँग दुई उपाय छन्- नाटक हेर्ने वा कविता सुन्ने। किनभने शनिवार, नाटकका दुई शोका साथै कविता वाचन हुन्छन् काठमाडौंका रंगमञ्चहरुमा। तर, यो शनिबार भने रंगमञ्चमा फरक प्रस्तुति थियो कथावाचनको। जसलाई नाम दिइएको थियो - कथाक्रम।

    धेरैजसो नाटक र कहिलेकाँही कला साहित्यका कार्यक्रम हुने अनामनगरको मण्डला नाटकघरमा पैसा तिरेर कथा सुन्न खचाखच श्रोताहरु आएका थिए। उनीहरुले १०० रुपैयाँ तिरेर कथा सुन्न आएका थिए। उनीहरुलाई कथा सुनाउन आएका थिए नयनराज पाण्डे र लेनिन बन्जाडे। सुरुमा पाण्डेले सुनाए ‘राजा इन्द्रलाई थाहा छ’ कथा। 

    यस कथामार्फत पाण्डेले काठमाडौंको नेवारी परिवेश र असन आसपासका गल्लीको यात्रा गराए। वियोगान्त कथा भएकोले कथा वाचनभरी दर्शकहरु चुपचाप सुनिरहे।

    मौन दर्शकलाई फन्नी मुडमा ल्याए उदाउँदा कथाकार लेनिन बञ्जाडेले। बञ्जाडे मञ्चमा उक्लिएदेखि नै फन्नी देखिए। नयाँ परिवेशको कथा “अफेयरगञ्ज” सुनाउन आएका उनले फेसबुक र ट्विटरको प्रयोगबाट बिवाहपछि पनि धेरै महिलाहरुसँग सम्बन्ध राख्ने पात्रका सुखदुखहरु सुनाए। सामाजिक सञ्जालबाट प्रेममा परेका पात्रहरुको दैनिकी र घरमा गर्ने व्यवहारबारे उनले कथामा सुनाएका ब्याख्या सुन्दा श्रोताहरुले हाँसो थाम्न सकेनन्। 

    त्यसपछि सुरु भयो सर्जक–श्रोता अन्तर्क्रिया। श्राोताहरुले नयनराज पाण्डेलाई नेपालगन्जमा जन्मे हुर्केको मान्छेले नेवार समुदायको विषयवस्तुमा कथा लेख्दाका अनुभव सुनाउन आग्रह गरे। उनले आफुले काठमाडौंमा २५ वर्ष भन्दा धेरै समय बिताएकाले यहाँको परिवेश थाहा पाइसकेको बताए। कथाकार पाण्डेले आफ्नै परिवेशमा मात्र लेख्नुपर्छ भन्ने नभएको बताए।

    त्यस्तै लेनिन बन्जाडेलाई कथाको प्रमुख पात्र कतै लेखक आफै त होइन भन्ने प्रश्न गरेका थिए। बन्जाडेले आफू र पात्रबीच सम्बन्ध नरहेको प्रष्टीकरण दिँदै अफेयरगन्ज समाजमा हुने विविध घटनाको काल्पनिक संयोजन रहेको बन्जाडेले बताए। 

    कथावाचनको क्रममा क्लाउड म्युजिक ब्याण्डले कथाको भाव झल्काउने खालका संगीत प्रस्तुत गरेको थियो। साहित्य गतिविधिमा सक्रिय बुक लभर्स नेपालले आफुले आयोजना गरेको कथावाचनको पहिलो कार्यक्रम सफल भएको दावी गरेको छ। अध्यक्ष विवेक मिश्र भन्छन् ‘पहिलो कार्यक्रममा स्रोताको उपस्थितिले हामी अत्यन्त उत्साही भएका छौंं।’उनले प्रत्येक महिना कथावाचन सञ्चालन गर्ने जानकारी दिए। 

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]