काठमाडौँ : सत्ता साझेदार दलहरूबाट ‘अपमानित भइयो’ भन्ने नेकपा एकीकृत समाजवादीको गुनासो नयाँ होइन। २०७९ मंसिरमा सम्...
काठमाडौं : नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचन प्रणालीसहितको विधान पारित गरेको छ। केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबारदेखि जारी केन्द्रीय परिषद सचिवालय बैठकले पार्टीभित्र अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरु सम्पूर्ण पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने विधानमा व्यवस्था गरेको हो।
पार्टीको पहिलो राष्ट्रिय भेलाबाट बनेको कार्यदलले गरेको गृहकार्यको आधारमा नेता देवेन्द्र पौडेलले प्रस्तुत गरेको विधानमाथिको छलफलपछि केन्द्रीय अध्यक्षलगायत सबै तहका पदाधिकारी र सदस्यहरु सम्पूर्ण साधारण सदस्यबाट निर्वाचित हुनुपर्ने प्रणालीसहितको विधान पारित गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए।
‘नयाँ शक्तिको आधार तत्व’ नामक राजनीतिक दस्तावेज र ‘विकास र आर्थिक समृद्धिको खाका’ समेतका दस्तावेजहरु कार्यदलले परिमार्जन गरेअनुसार पारित गर्ने र सोका निम्ति निरन्तर सुझाव संकलन गर्ने र महाधिवेशनसम्म परिमार्जन गर्ने समेत निर्णय भएको देवकोटाले बताए।
बैठक सोमबार दिउँसो १२ बस्नेगरी स्थगित भएको छ। सोमबार कार्यविभाजन र तत्कालीन कार्ययोजनालाई छलफलमार्फत पारित गर्दै बैठक समापन गरिने प्रवक्ता देवकोटाले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।