खेलकुद

दबाबमा इंगल्याण्ड : इतिहास रच्ने दाउमा आइसल्याण्ड

फोटो : www.mightytips.com
असार १३, २०७३

    भनिन्छ, आइसल्याण्डको जति जनसंख्या छ त्यतिले त इंगल्याण्डमा फुटबल नै खेल्छन्। तर यही एउटा सानो टापुले आफ्नो पहिलो उपस्थितिमा नै उत्कृष्ट प्रदर्शन गर्दै पोर्चुगलजस्तो टिमलाई समेत पछि पार्दै आफ्नो समूहको समूह विजेता बन्यो। यही टिम आज फेरि युरोपियन फुटबलमा अर्को उलटफेर गर्ने दाउमा हुनेछ। जसमा उसको अगाडि हुनेछ दाबेदार इंगल्याण्ड।

    इंगल्याण्ड यस्तो टिम हो जसमा स्टार खेलाडीको कमी कहिले हुँदैन र उ जुन प्रतियोगिताको पनि दाबेदार मानिन्छ। तर मैदानमा भने उसको प्रदर्शन एकनासको हुन सकेको छैन। त्यसैले पनि उसका प्रतिद्वन्द्वीहरु इंगल्याण्डसंग डराउँदैनन्।

    यस्तोमा नवप्रवेशी आइसल्याण्डले पनि हामी माथि कुनै दबाब छैन, गुमाउनु केही छैन भन्दै माइण्ड गेम सुरु गरिसकेका छन्। त्यसैले नेपाली समय अनुसार सोमबार राती पौने १ बजे नाइसमा हुने खेलमा यही हुन्छ भनेर अड्कल काट्न नसकिने अवस्था छ।

    समूह चरणको आफ्नो पहिलो खेलमा रसियासंग १–१ गोलको बराबरी खेलेको इंगल्याण्डले दोश्रो खेलमा अल व्रिटिस क्ल्यासमा वेल्सलाई २–१ पराजित गरेको थियो भने आफ्नो तेश्रो खेलमा स्लोभाकियासंग गोलरहित बराबरी खेल्दै समूह उपविजेताको रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो।

    त्यस्तै समूह एफमा रहेको आइसल्याण्डले आफ्नो पहिलो खेलमानै दाबेदार पोर्चुगललाई १–१ गोलको बराबरीमा रोकेको थियो भने दोश्रो खेलमा हंगेरीसँग पनि उही नतिजा दोहोर्‍याएको थियो। तेश्रो खेलमा भने उसले अष्ट्रियालाई २–१ ले पछि पार्दै समूह विजेताको रुपमा प्रिक्वार्टरफाईनलमा प्रवेश गरेको हो।

    यो खेलको विजेताले सेमिफाइनल प्रवेसका लागि जुलाई ३ मा आयोजक फ्रान्ससंग प्रतिष्पर्धा गर्नुपर्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]