विज्ञान प्रविधि

भारु २५१ मै आउँदैछ स्मार्टफोन! जुन देखिन्छ आइफोन जस्तो

असार १५, २०७३

    नयाँ दिल्ली : एउटा स्मार्टफोनको कति रुपैयाँ पर्ला? प्रविधिको विकास र उत्पादन कम्पनीबीचको प्रतिस्पर्धाका कारण हिजोआज यसको मुल्य सस्तो हुँदै गएको छ।

    तर तपाईंले अनुमान नै गर्न नसक्ने सस्तो मुल्यमै पाइने भएको छ एन्ड्रोइड स्मार्ट फोन। भारतमा एडकम ब्रान्डको ‘फ्रिडम २५१’ एन्ड्रोइड फोनलाई रिंगिङ बेल्स कम्पनीले बजारमा ल्याउन लागेको हो।

    जसको मूल्य भारु २५१ (करिब ४ सय नेपाली रुपैयाँ) पर्छ। अहिले यो मोबाइलको भारतभरी खुबै चर्चा रहेको बिबिसीले समाचारमा जनाएको छ। 

    के के छ सुविधा?

    यो मोवाइलबाट सेल्फी खिच्न पनि मिल्छ, अर्थात फ्रन्ट क्यामेरा पनि छ। ४ इन्चको वाइड स्क्रिन छ भने र्‍याम १ जिबीको छ। इन्टरनल मेमोरी ८ जिबी रहेको यसले ३२ जिबीसम्मको मेमोरी कार्ड सपोर्ट गर्छ।

    कम्पनीका अनुसार यसको ब्याट्री क्षमता पनि बढी छ। क्वाड–कोरको प्रयोग गर्दा बढी पावर खपत भएपनि, अरुबेला ब्याट्री धेरै टिक्ने कम्पनीको दावी छ।

    यो मोवाइलको दुईवटा मोडेल बजारमा आउने छ, कालो र सेतो।

    एप्पलको आइफोन फाइभ जस्तो देखिने 'फ्रिडम २५१' झट्ट हेर्दा बेसिक स्मार्टफोन जस्तो लाग्छ। जसमा क्याल्कुलेटर, म्युजिक प्लेयर, वेभ ब्राउजर, र इमेल को सुविधा छ।

    कम्पनीले हाल यसको डेमो मात्र सार्वजनिक गरेको छ। यो स्मार्टफोनको अन्तिम शुक्ष्म परीक्षण चलिरहेको र आउँदो ७ जुलाइसम्म सकिने रिंगिङ बेल्सका संस्थापक एवं प्रमुख कार्यकारी मोहित गोयलले बताएका छन्।

    यो फोनको अनलाइन बुकिङ गर्ने ग्राहक भारतमा मात्रै ७० करोड पुगिसकेका छन्। तर भारतमा कम्पनीले यति सस्तो मुल्यमा फोन उपलब्ध गराउन सक्छ त भन्ने प्रश्न उठेको छ। एकजना भारतीय सांसदले कम्पनीले ठूलो घोटालाको तयारी भइरहेको आरोप लगाएका छन्। 

    रिंगिङ बेल्सका प्रमुख कार्यकारी गोयलले त्यस्ता आरोपहरु अस्वीकार गरेका छन्। उनले भारत स्मार्ट फोनको ठूलो बजार भएको भन्दै उनले फ्रिडम २५१ जति सस्तोमा कसैले स्मार्ट फोन दिन नसक्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]