काठमाडौं : बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका ...
जुम्ला : चन्दननाथ नगरपालिका–४ निवासी आमा दाना शाही (बुढ्थापा) को हत्या भएपछि नाबालक सीमा र सर्जन बुढ्थापा बिचल्लीमा परेका छन्।
गत फागुन १५ गते दाना शाही घरमै मृत अवस्थामा भेटिएकी थिइन्। मृत अवस्थामा भेटिएकी दानाको हत्या भक्तबहादुरले गरेको भन्दै उनी विरुद्ध माइती पक्षले प्रहरीमा किटानी जाहेरी सहितको निवदेन दर्ता गरेका थिए।
जाहेरी अनुसार प्रहरीले हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो। आरोपित भक्तबहादुरलाई जिल्ला अदालत जुम्लाले जेठ २३ गते दोषी ठहर भएको फैसला गरे बमोजिम उनी अहिले जिल्ला कारगार जुम्लामा जन्मकैदको सजायँ भोगिरहेका छन् ।
यसरी आमाको हत्या र बाबुपनि जन्मकैदमा परेपछि बुढ्थापा भाइबहिनी साहाराविहीन भएका छन्। मावलीतर्फको हजुरआमा पाँचा शाहीले आफू वृद्ध भएको र उनीहरुको पालनपोषण गर्न नसक्ने भन्दै संरक्षणमा सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन्।
निवदेन अनुसार असार १२ गते महिला विकास अधिकृत अनिता ज्ञवालीको संयोजकत्वमा संरक्षण विषयगत क्षेत्रको समन्वयात्मक समितिको बैठकबाट दुवै बालबालिकाको हकदाबी गर्न सात दिने सूचना जारी गरेको महिला विकास अधिकृत ज्ञावलीले जानकारी दिइन्।
सात दिनसम्म सीमा र सर्जन बुढ्थापामाथि हकदाबी गर्न आएमा ठिकै छ, तथापि कोही नआएको खण्डमा उनीहरुको व्यवस्थापन तथा संरक्षणका लागि यहाँस्थित बालगृह (माया सदन) मा सिफारिस गर्नेछौं, महिला विकास अधिकृत ज्ञावलीले भनिन्।
दोषीमाथि कारबाही गर्नु र आमा बाबुविहीन बालबालिकाको अधिकारको रक्षा गर्नु राज्यको दायित्व भएको उनीहरुले औंल्याएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।