राजनीति

विप्लव नेतृत्वको माअाेवादीले अाज सिहंदरबार घेर्ने, थेग्न नसक्ने आन्दोलन गर्ने चेतावनी

असार १६, २०७३

    काठमाडौ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले एनसेलको बेस स्टेसनमा रहेको टावर आक्रमणका क्रममा पक्राउ परेका पार्टीका कार्यकर्ता रिहाईको माग गर्दै बिहीबार सिंहदरबार घेर्ने भएको छ।  

    'महँगी, कालोबजारी, भ्रष्टचारका विरुद्धमा जनताको समर्थनमा दृढताका साथ कारबाहीमा उत्रिएका आफ्ना कार्यकर्तालाई बिना शर्त रिहाईको माग गर्दै दिउँसो १ बजे सिंहदरबार घेर्ने' नेकपा माओवादीका नेता माइला लामाले जानकारी दिए।

    ‘हामी पक्राउ परेका हाम्रा कार्यकर्ताको रिहाईको माग गर्दै आज दिउँसो १ बजे हजारौँ कार्यकर्ताको सहभागितामा सिंहदरबार घेर्दैर्छौ’ थाहा खबरसँगको संवादमा उनले भने, ‘सिंहदरबार घेरेपछि हामी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँछौँ, हाम्रो यो घेराउपछि पनि कार्यकर्तालाई रिहाई गरिएन भने सरकारले थेग्न नसक्ने गरी आन्दोलन गर्छौँ।’ 

    घेराउसँगै उपत्यकासहित देशभर विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने नेकपा माओवादीले जनाएको छ। केही साताअघि एनसेल टावर आक्रमणको आरोपमा नेकपा माओवादीका दर्जनौँ कार्यकर्ता पक्राउ गरेका थिए। 

    राजधानीमा दिउँसो १ बजे शान्तिबाटीकाबाट विरोध प्रदर्शन सुरु हुने माओवादीले जनाएको छ। जुलुससहितका टोली हनुमानस्थान, बबरमहल, माइतीघर लगायतका क्षेत्रहरुबाट सिंहदरबार घेर्न पुग्ने नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए। 

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]