इण्डियन प्रिमियर लिग (आईपीएल)मा मार्कस् स्टोइनिसको शतकसँगै लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ। गएरा...
युरोकप २०१६ को क्वार्टरफाइनल अन्तर्गतका खेलहरु बिहीबारदेखि सुरु हुँदैछन्। पहिलो क्वार्टर फाइनल खेलमा बिहीबार राती पौने १ बजे पोल्याण्ड र पोर्चुगलबीच खेल हुँदैछ। पोल्याण्ड स्वीटजरल्याण्डलाई र पोर्चुगल क्रोयसियालाई हराउँदै क्वार्टर फाइनलमा पुगेका हुन्।
मुख्य प्रतियोगितामा पोल्याण्ड र पोर्चुगलबीच हुन लागेको यो तेश्रो भिडन्त हो। यसअघिका दुई भिडन्तमा दुबैले एक एक खेल जितेका छन्। सन् १९८६ को विश्वकपमा पोल्याण्ड १- ० ले विजयी भएको थियो भने सन् २००२ को विश्वकपमा पोर्चुगल ४-० ले विजयी भएको थियो।
चालु युरोकपको क्वार्टरफाइनलमा पुगेका टिममध्ये पोल्याण्ड सबैभन्दा कम गोल गर्ने टिम हो। उसले अहिलेसम्मको ४ खेलमा जम्मा ३ गोलमात्र गरेको छ भने जम्मा १ गोल खाएको छ। पोल्याण्डले पोर्चुगलसँग खेलेका पछिल्ला तीन खेलमा उ अपराजित छ। यी दुईबीचको पछिल्लो भिडन्त सन् २०१२ को फेब्रुअरीमा भएको थियो। जुन खेल गोल रहित बराबरीमा टुंगिएको थियो।
यसवर्षको युरोकपमा पोल्याण्डको रक्षापंक्ति निकै बलियो मानिएको छ। विपक्षी टोलीका खेलाडीहरुका लागि पोल्याण्डका डिफेन्डरहरु माइकल पाज्दान र कमिल ग्लिक पर्खाल सावित भएका छन्। तर बिहीबार राति पोर्चुगल विरुद्धको खेलमा उनीहरुले क्रिष्टियानो रोनाल्डोलाई छेक्न सक्छन् कि सक्दैनन् हेर्न बाँकी छ।
पोर्चुगल सन् १९९६ देखि यताका सबै युरोकपको क्वार्टरफाइनल पुगेको छ। बिहीबारको खेल पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोका लागि निकै महत्वपूर्ण मानिएको छ।
उनले स्पेनी क्लब रियल मड्रिडबाट धेरै रेकर्ड र सफलताहरु हात पारेपनि राष्ट्रिय टोलीलाई अर्जेन्टिनी खेलाडी लियोनेल मेसीले जति पनि सफलता दिलाउन सकेका छैनन्। मेसीले चिलीविरुद्धको कोपा अमेरिका फाइनल खेल पराजित भएपछि सन्यास घोषणा गरेका बेला रोनाल्डोलाई युरोकप जित्ने अवसर खुलै छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।