राजनीति

प्रचण्ड भन्छन् : सहमति भए देउवा प्रधानमन्त्री

असार १६, २०७३

    नेपालगन्ज : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति भएमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आफुले सहयोग गर्ने बताएका छन्।

    संविधानसभाका पूर्व उपाध्यक्ष पूर्णाकुमारी सुवेदीका छोरा अच्यूतको प्रथम बार्षिकीको कार्यक्रममा सहभागी हुन आएका प्रचण्डले कांग्रेस ठूलो दल भएकाले सहमति जुटेमा देउवाको नेतृत्वमा सरकार गठनमा सहयोग गर्ने बताएका हुन्।

    यद्यपी उनले आफ्नो पहिलो प्राथमिकता अहिलेको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउने रहेको पनि स्पस्ट पारे।  प्रचण्डले जुन संकल्पका साथ एमालेको नेतृत्वमा सरकार गठन गरिएको थियो त्यो पूरा हुन नसकेको जिकिर गरे।

    दलहरु बिभाजित भएकै कारण भूकम्पमा परेकाहरुलाई छानोमुनि ल्याउन नसकिएको भन्दै प्रचण्डले  पुनर्निर्माण र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक भएको औँल्याए। २०७४ साल माघसम्म संविधान कार्यान्वयन नभए देशले ठूलो क्षति ब्यहोर्नुपर्ने खतरा औँल्याउँदै उनले सबैको ध्यान संविधान कार्यान्वयनतर्फ जानुपर्ने पनि बताए।

    प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी बिषय टुङ्ग्याउन र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारको जिम्मेवारी दिए आफु पूरा गर्न तयार रहेको पनि बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]