विश्व

बिष्फोटमा मारिएको ट्युनिशियाली नै आक्रमणकारी भएको आशंका

असार १६, २०७३

    स्तानवुल- टर्कीको विमानस्थलमा बुधबार भएको आतङ्ककारी आक्रमणमा मारिएका एकजना ट्युनिसियालीलाई टर्कीको उक्त आक्रमणको दोषीका रुपमा आशङ्का गरिएको छ।

    मारिने ती व्यक्ति पटक पटक टर्की गएको खुलेको छ । उनी गएका केही महिनायता पटक पटकसम्म टर्की पुगेको देखिएको हो ।
    टर्कीमा भएको उक्त आक्रमणमा इस्लामिक स्टेट्स आइएसले जिम्मेवारी नलिएको भएपनि बारम्बार उक्त अतिवादी संस्थाले नै सो हमला गरेको बताउने गरिएको छ।

    टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले सो हमलनमा आइएसको हात रहेको बताउँदैआएका थिए । उनले आक्रमणको प्रकृति र यसको हमलाको शक्तिको आँकलन गर्दा त्यस्तो देखिएको बताए।

    आक्रमणकारी मानिएका ती ट्युनिसियालीको नाम फथी बेयुद रहेको छ। उनी यसअघि बारम्बार टर्की जाने गरेका र उनले आफ्नो छोरा टर्कीमा आइएसमा लागेको भनेर थुनामा परेकोले उसलाई छुटाउनका लागि गएको भनी कारण दिने गरेका थिए।

    उनको छोरा सिरियामा आइएसमा जानका लागि हिँडेको र टर्कीमा पक्राउ गरी जेलमा राखिएको बताइएको थियो। यस पटक पनि उनले आफ्नो छोराको रिहाईका लागि आवश्यक प्रक्रिया पु¥याउनका लागि टर्की गएका जनाएका थिए। ट्युनिसियाको रक्षामन्त्रालयले पनि उनी यस पटक टर्की गएको कारणमा त्यही रहेको पत्ता लागेको जनाएको छ।

    टर्कीको बम हमलामा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ भने अधिकांश घाइतेको अवस्था गम्भीर रहेको छ ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]