काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महान...
झापा : अपहरण गरी फिरौती बापत पाँच लाख रुपैयाँ मागेको अभियोगमा दुई जनालाई प्रहरीले मोरङको बुधनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुधनगर–६ का २५ बर्षीय सनपत यादव र आनन्द यादव छन्।
सनपत र आनन्दसहित करिब १० जनाको समूहले धनकुटा छिन्ताङ–८ घर भई धरान–९ बगैंचालाइन डेरा गरी बस्ने एमकुमार लम्जेललाई मङ्गलबार बिराटनगर बसपार्कबाट अपहरण गरेका प्रहरीले जनाएको छ।
लम्जेललाई बिराटनगरबाट जर्वजस्ती सिटी सफारीमा हालेर बुधनगरमा रहेको अपहरणकारीमध्ये आनन्दको घरमा चार दिनसम्म बन्धक बनाएर राखेका थिए। त्यसपछि बुधनगरबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखी लम्जेललाई भारततर्फ लाँदै गर्दा प्रहरीले अपहरणकारीलाई पक्राउ गरेको हो।
पीडित लम्जेललाई प्रहरीले सकुशल उद्दार गरेको छ। अपहरणकारीविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।