खेलकुद

बेलायत भ्रमणमा जाने नेपाली क्रिकेट टोलीको घोषणा

अनिल र सुवास फर्किए, विक्रम सोव नयाँ अनुहार

Photo : ICC
असार २०, २०७३

    काठमाडौँ: बेलायत भ्रमणका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ। 

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले तोकेको छनोट समितिले कप्तान पारस खड्काको नेतृत्वमा टोलीको घोषणा गरेको हो। टोलीमा अनिल मण्डल र सुवास खकुरेलले पुनरागमन गरेका छन् भने नयाँ अनुहारका रूपमा विक्रम सोव भित्रिएका छन्। 

    यस्तै, टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, विनोद भण्डारी, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र सागर पुन रहेका छन्। यस्तै, सन्दीप लामिछाने, राजु रिजाल, करण केसी र राजेश पुलामी मगर पनि टोलीमा अटाएका छन। 

    नेपाली टोली आउँदो हप्ता बेलायत जाँदैछ। त्यहाँ नेपाली टोलीले मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) सँग लर्डसमा खेल्नेछ भने अन्य स्थानीय टोलीसँग पनि नेपाली टोलीले खेल्ने भएको छ। 

    यो भ्रमणलाई नेदरल्याण्डसँग हुने विश्व च्याम्पियन्स लिग खेलको अभ्यासका रूपमा लिइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]