खेमप्रसाद लोहनी
धादिङ-२/प्रतिनिधिसभा सदस्य
धादिङ-२/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले | |
---|---|---|
पद | प्रतिनिधिसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ५७ | - |
प्राप्त मत | ३६५५३ | |
लिङ्ग | पुरुष | |
हालको पद | केन्द्रीय सदस्य | |
शैक्षिक योग्यता: | स्नातकोत्तर |
अन्य विवरण:
वि.सं. २०१७ सालमा जन्मिएका लोहनी एमालेका केन्द्रीय सदस्य हुन्। ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा लोहनीले मानविकी र शिक्षाशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। २०३५ सालमा विद्यार्थी आन्दोलनमा सहभागी भएका लोहनी २०३८ सालमा विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु सदस्य बने।
त्यसपछि सक्रिय राजनीतिमा लागेका लोहनी २०५४ सालमा जिल्ला विकास समिति धादिङको सभापतिमा निर्वाचित भए। जिविस सभापतिको रुपमा ५ वर्षे कार्यकाल पूरा गरेका उनले २०६९ सालबाट एमाले धादिङको अध्यक्षको रुपमा जिम्मेवारी सम्हाले। हाल उनी केन्द्रीय सदस्य एवम् धादिङ, नुवाकोट र रसुवा जिल्ला इञ्चार्जको जिम्मेवारीमा समेत छन्।
नजिकै
-
पुनरावलोकन गर्न बाँकी रहेकाले कतारसँग श्रम सम्झौता हुन सकेन : राजदूत ढकाल
सहकारीको समस्या समाधान गर्न फास्ट ट्र्याकबाट कानुन बनाइने
कर्णाली प्रदेश : मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत‚ पक्षमा २३ मत
२ मिनेट ४४ सेकेण्डमै श्रम स्वीकृति : मन्त्री अर्याल
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
तपाईको प्रतिक्रिया दिनुहोस्