Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

विश्वप्रकाश शर्मा
झापा-१/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ४७ -
प्राप्त मत ३३३१०
लिङ्ग पुरुष
हालको पद केन्द्रीय सदस्य
शैक्षिक योग्यता: स्नातकोत्तर
अन्य विवरण:

२०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा जन्मिएका शर्मा युवा पुस्तामाझ लोकप्रिय नेता हुन्। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका शर्मा २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति थिए। १० वर्षपछि २०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बन्न पुगे। नेविसंघको राजनीति उनले २०४० सालमा ८ कक्षामा पढ्दा धुलाबारी माविको इकाइ सभापति भएर सुरु गरेका थिए। ९ कक्षामा अध्ययनरत रहँदा २०४१ सालमा उनी ९ महिनासम्म हिरासतमा परे।

२०५८ सालमा पहिलोपटक नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएपछि शर्मा २०७२ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भए। २०७० सालको संविधानसभा निर्वाचनमा उनी झापा क्षेत्र नम्बर १ बाटै उम्मेदवार बनेका थिए। त्यतिबेला एमालेका रविन कोइरालासँग पराजित भए। प्रतिनिधिसभा निर्वाचन २०७४ मा शर्मा वाम गठबन्धनका साझा उम्मेदवार सुरेन्द्रकुमार कार्कीसँग प्रतिस्पर्धामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्