|

दैलेख : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको छ । बुधवार थप ३७ जना नयाँ संक्रमित थपिए संगै कर्णाली प्रदेश भर संक्रमितको संख्या ७०८ पुगेको हो । 

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले बुधवार जारी गरेको विज्ञप्तिमा कर्णालीमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको उल्लेख गरेको छ। 

प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोग शाला सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका २५ जना सुर्खेतका ९ जना जाजरकोटका ३ जनामा गरी नयाँ ३७ जनामा कोरोना पुष्टि भएको उल्लेख गरिएको छ । 

बुधवार कोरोना संक्रमण पुष्टि हुनेमा दैलेखको डुंगेश्वर गाउँपालिका-४ का १८, २५ डुंगेश्वर-१ का १६,  डुंगेश्वर-२ का १७,  १९,  ३१,  ४२,  डुंगेश्वर-३ का ५०,  डुंगेश्वर-४ का १४, १८, १८, १९, २२, २४, ३६, ३९, ३९ वर्षिय पुरुष र १८, २३ वर्षीया महिला रहेका छन् । 

यस्तै डुंगेश्वर गाउँपालिका ५ का १९, २०, २२, २३, २५, ३० वर्षीय पुरुष र सुर्खेतको बराहताल गाउँपालिका ४ का ५० वर्षीय पुरुष गुर्भाकोट १२ का २८, ४० वर्षीया महिला गुर्भाकोट-१४ का १४, १८, २१, २३ वर्षीय पुरुष, १४ वर्षीया महिला र सुर्खेतकै सिम्ता गाउँपालिका-३ का १९ वर्षीय पुरुष रहेका छन । 

बुधवार कोरोना पुष्टि भएका जाजरकोटको छेडागाड नगरपालिका-१२ का  ३५, ५० वर्षीय, शिवालय गाउँपालिका १ का १५ वर्षीय पुरुष रहेका छन् । 

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतका अनुसार हाल सम्म कोरोना पुष्टि भएका सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाएको छ। बुधवारसम्म कर्णालीमा कोरोना जितेर फर्किनेको संख्या २९ रहेको छ भने ३ जना कोरोनाबाट मुत्यु भइसकेको छ। १० जिल्ला रहेको कर्णाली प्रदेशमा कोरोनाका सबैभन्दा धेरै संक्रमित दैलेखमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.