|

पर्वत : कोभिड १९ संक्रमण पुष्टि गर्न गरिने पिसिआर परीक्षणको रिपोर्ट एक हप्तासम्म नआउँदा जिल्लाका क्‍वारेन्टाइनमा बस्नेहरु मारमा परेका छन्। जसका कारण उपचारका लागि आइसोलेसनमा पठाउने तथा संक्रमण नभएकालाई घर पठाउन स्थानीय तहलाई चुनौती थपिएको छ। 

पिसिआर परीक्षणमा ढिलासुस्ती हुँदा क्‍वारेनटाइनमा बसेकादेखि क्‍वारेनटाइनका व्यवस्थापक, चिकित्सक र सुरक्षाकर्मीलाई समेत दिक्दारी हुन थालेको छ। भारतका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएकाको संख्या क्‍वारेन्टाइनमा बढिरहेको छ। तर परीक्षणको गति कछुवाको छ। जसले गर्दा मानिस व्यवस्थापनमा स्थानीय तहले हैरानी खेप्दै आएका छन्। 

पर्वतबाट पछिल्लो पटक पठाइएका १ सय ६७ स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामै रोकिएका छन्। सदरमुकाम कुस्माका क्‍वारेन्टाइनमा बसिरहेकाको स्वाब गत शुक्रबार परीक्षणका लागि पोखरा पठाइएको थियो। तर अझसम्म जानकारीसमेत नआएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए। 

‘शुक्रबार स्वाब पठाउँदा ३ दिनभित्र रिपोर्ट आउने भनेको हो। तर हप्ता दिन भयो,’ उनले भने, ‘पोखरा ल्याबमा चाप बढेको खबर मात्र आएको छ। गत शुक्रवार ७९, आइतबार ४२ र सोमबार ३९ जना तथा केही स्वास्थ्यकर्मी र अस्पतालमा आएका बिरामीहरूको स्वाब संकलन गरी जिल्लाबाट पठाइएको थियो। 

प्रयोगशालामा विभिन्न जिल्लाबाट पठाइएका झन्डै १ हजार नमुना रहेकाले रिपोर्ट आउन ढिलाइ भएको बुझिएको छ।

संक्रमित र अन्यको स्वाब पोखरा र काठमाडौँ पुग्यो

पोखराको प्रयोगशालाबाट नतिजा आउन निकै ढिला भएपछि कोरोना सङ्क्रमणको पुष्टि भएर आइसोलेसनमा राखी उपचाररत ९ जनासहित ५१ जनाको स्वाब पोखरा बाहिर पठाइएको छ। 

डा. देवकोटाका अनुसार ६० जनाको नमुना चितवन पठाइएकोछ। जसमा शिवालय बहमुखी क्याम्पसमा बनाइएको क्‍वारेन्टाइनमा बस्दै आएका ४२ होटेल वन्दना क्‍वारेनटाइनमा रहेका ९ जना र करोना अस्पतालको आइसोलेसनमा रहेका ९ जना छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.