|

बैतडी : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्केका नागरिकलाई कोरोना परिक्षणबिनै घर पठाइने भएको छ। प्रदेशमा किट अभाव रहेकोले क्‍वारेन्टाइनबाट परीक्षणबिनै पठाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।  

निर्देशनालयले बिहीबार जारी गरेको सूचनामा प्रदेशमा एक मात्र प्रयोगशाला रहेको र उक्त प्रयोगशालामा दैनिक २५० जनाको मात्रै पिसिआर परीक्षण सम्भव भएकाले सीधै घर पठाउन लागिएको जनाइएको छ। 

भारतबाट फर्केर प्रदेशमा ९ वटै जिल्लामा गरी हाल ६६ हजार व्यक्ति क्‍वारेन्टाइनमा छन्। तिनको परीक्षण गर्न आरडिटी किटसमेत अभाव भएको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।

१४ दिन क्‍वारेन्टाइनमा बसेकामा कुनै लक्षण नदेखिए मापदण्डअनुसार होम क्‍वारेन्टाइनमा पठाउन सूचनामा भनिएको छ। आरडिटी पोजेटिभ आएका क्‍वारेन्टाइनमा रहेकामा कुनै पनि लक्षण नदेखिए रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा पठाउने र रिपोर्ट नेगेटिभ आए होम क्‍वारेन्टाइनमा बस्न लगाउने जनाइएको छ।

होम आइसोलेसन र होम क्‍वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना लक्षण देखापरे स्थानीय तहमा निर्माण गरिएका आइसोलेसनमा राखिने र स्थानीय स्तरमा उपलब्ध स्वास्थ्यकर्मीले उपचार गर्ने र थप उपचार गर्नुपरे जिल्ला तथा माथिल्लो अस्पतालमा पठाउने सूचनामा उल्लेख छ।

सुदूरपश्चिम सरकारले यसअघि गत चैतमा प्रदेशका ३ स्थानमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय कार्यान्वयन नहुँदा परीक्षणको दायरा बढाउन नसकिएको जनाएको थियो। 

निर्णयअनुसार धनगढीमा मात्रै प्रयोगशाला स्थापना भएको र बैतडी र डोटीमा ३ महिना पुग्नै लाग्दासमेत प्रयोगशाला स्थापनाको निर्णय कार्यान्वयन हुन सकेको छैन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.