|

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट शुक्रबार बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो।

मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ना ८ ख ५२०० नम्बरको ट्रक अनियन्त्रित भई खोल्सामा खसेको हो। इच्छाकामना गाउँपालिका–५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको थियो। ट्रकमा सिमेन्ट घोल्ने मिक्सचर जडान गरिएको छ। घटना बिहान ६ः३५ बजे भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.