आइसोलेसन पठाइने

|

कञ्चनपुर : लालझाडी गाउँपालिकाको क्‍वारेन्टाइनबाट घर पठाइएका ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। शनिबार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो।

गाउँपालिका ४ स्थित स्वतन्त्र माध्यमिक विद्यालयको  क्‍वारेन्टाइनमा २८ दिनदेखि बस्दै आएका दुई जना महिला र आठ जना पुरुष र एक जना स्वास्थ्यकर्मीमा आरडिटी परिक्षण गर्दा नजिता पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि नमुना संकलन गरिएको थियो।

अस्पतालबाट नमुना परीक्षण नतिजा आउन ढिला भएपछि क्‍वारेन्टाइनमा बस्दै आएका आरडिटी पोजेटिभहरुले आन्दोलन गर्न थालेपछि जेठ ३० गते होम क्‍वारेन्टाइनमा बस्ने गरी घर पठाइएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले बताए। 

‘भागेर जान्छौं भन्न थालेपछि घर पठाएका हौं,’ उनले भने, ‘सबै सुरक्षित होम क्‍वारेन्टाइनमा छन्।’ लगातारको वर्षाका कारण कारोना भाइरसको पुष्टि भएकाहरुलाई महाकाली अस्पतालको आइसोलेसनमा पठाउन नसकिएको उनले बताए। 

‘वर्षाका कारण अवरुद्ध सडक खुलाउने कार्यमा साँझ अबेरसम्म खटिएको छु,’ उनले भने, ‘भोलिसम्म सबैलाई अस्पतालको आइसोलेसनमा उपचारका लागि पठाउने व्यवस्था हुँदै छ।’

कोराना संक्रमित लैजान एम्बुलेन्स र टिपर चालकसमेत डराउन थालेका र स्वास्थ्यकर्मीसमेत बिरामीलाई उपचार गर्न डराएका उनले बताए। शनिबार लालझाडी गाउँपालिकामा मात्रै १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। स्वास्थ्यकर्मी बाहेक अन्य सबै जना भारतबाट फर्केका व्यक्ति हुन्। 

पिसिआरको रिपोर्ट नआउँदै क्‍वारेन्टाइनमा बसेकालाई घर पठाइन थालेपछि यस क्षेत्रका मानिसत्रसित भएका छन्। यसैबीच शुक्लाफाँटा नगरपालिका ११ को क्‍वारेन्टाइनमा बसेका आरडिटी पोजेटिभ आएकालाई समेत आइतबारै घरमा क्‍वारेन्टाइनमा बस्ने गरी पठाइएको छ। उनीहरु भारतबाट फर्केर २५ दिनदेखि क्‍वारेन्टाइनमा थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.