|

इटहरी : संघीय सरकार मातहतको विराटनगरस्थित कोशी अस्पतालमा प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको बनाउने भएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सोमबार प्रदेश सरकारको बजेट पेसको गर्दै स्वास्थ्य सरुवा रोग तथा अनुसन्धान केन्द्रको रुपमा कोसी कोभिड अस्पताल विराटनगरलाई विकास गर्न रु.५० करोड विनियोजन गरेको बताएका हुन्।

यस्तै स्वास्थ्यको क्षेत्रमा प्रदेशले धनकुटा प्रादेशिक अस्पतालको स्तरउन्नति गर्ने भएको छ। प्रदेश भित्रका जिल्ला अस्पतालहरुलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तरउन्नती गर्ने र २५ शैयाको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको आङ्ग्बोले बताए।

आङ्ग्बोका अनुसार अक्सिजन र फोहोर मैला व्यवस्थापन मेसिनसहित अस्पताल सेवा विस्तार गर्न एक करोड छुट्याएको छ। पीसीआर मेसिन र अन्य स्वास्थ्य सामग्री खरिदका रु ६ करोड बजेट छुट्याइएको मन्त्री आङ्बोले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.