कृषि, शिक्षा र रोजगारी प्राथमिकतामा

|

जनकपुरधाम : प्रदेश २ सरकारले सोमवार अगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्व ५६ करोड ९ लाख ८९ हजार रुपैयाँको बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादबले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात कुल बजेटको ४५.९५ प्रतिशत विनियोजन गरेको छ। 

यस्तै पुँजीगततर्फ १७ अर्व ९७ करोड ८२ लाख ९१ हजार अर्थात ५३.६७ प्रतिशत बजेट बिनियोजन गरेको हो। बजेटमा वित्तीय व्यवस्थातर्फ १६ करोड अर्थात ०.४८ प्रतिशत बिनियोजन गरेको छ। 

मन्त्री यादवले बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतमा राखेको बताए। उनले प्रदेशका अस्पतालहरुको स्तरोन्नती गर्नुका सुविधा सम्पन्न बनाउनेमा जोड दिएका छन्।

यस्तै कृषि, शिक्षा र रोजगारीलाई समेत बजेटमा प्राथमिकता दिएको छ। प्रदेशमा बेरोजगारीको समस्या समाधानको प्रयासस्वरुप एक निर्वाचन क्षेत्र एक उद्योग स्थापना गरिने मन्त्री यादवले घोषणा गरेका छन्। 

दलित विकास समिति गठन गर्न पनि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा प्रदेश प्रहरी गठन र भौतिक पूर्वाधारका लागि समेत बजेट छुट्याएको छ। प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक प्रदेशसभाबाट पास भइसकेको छ। 

यद्यपी संघीय सरकारको असहयोगका कारण प्रदेश प्रहरी गठन हुन सकेका छैन। प्रदेश प्रहरी गठन र भवन तथा अन्य कार्यका लागि ३९ करोड २५ लाख बजेट विनियोजन गरेको मन्त्री यादबले जानकारी दिए।

बजेटमा प्रादेशिक अस्पताल जनकपुरधामलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्न ४५ करोड रुपैया विनियोजन गरिएको छ। यस्तै क्यान्सर अस्पताल र ट्रमा सेन्टरका लागि २/२ करोड विनियोजन गरेको हो।

प्रदेशमा सडक सञ्जाल विस्तारका लागि ६४ सडकका लागि ६७ करोड रकम विनियोजन गरिएको छ। मधेशी शहिद राजमार्गको डिपिआरका लागि ३ करोडसमेत विनियोजन गरेको मन्त्री यादबले जानकारी दिए। 

उनका अनुसार गढीमाई र सिमरौनगढ पर्यटकीय विकास कार्यक्रमका लागि १ करोड ५० लाख रुपैया विनियोजन गरिएको छ। बजेटमा ‘बेटी बचाऊ, बेटी पढाऊ’, मुख्यमन्त्री स्वच्छता अभियान, छात्रालाई बिमा, खेत खेतमा सिँचाइ, हात हातमा रोजगारी जस्ता महत्वपूर्ण कार्यक्रमलाई नियरन्तरता दिएको छ।

बजेटको पूर्ण पाठ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.